फोटो गल्लेरीपत्रपत्रिकाबाट

‘अब बल्ल पढ्न पाईने भो ।’

सविन लामिछाने,
दमौली २६ जेठ ,विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को त्रासको कारण देशभर चैत्र ११ गतेदेखि गरिएको पहिलो लकडाउन हालसम्म पनि कायम छ। हतारमा वार्षिक परीक्षा दिएका विद्यालय नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बढी पुग्दासमेत विद्यालय जान पाएका छैनन्। तत्कालै विद्यालय खुल्ने सम्भावना कम छ। अधिकांश सामुदायिक विद्यालयहरुमा क्वारेन्टाईन निर्माण गरिएको छ । केही सामुदायिक विद्यालयहरुले भने अनलाईन शिक्षा सुरु गरेको छ । तर ग्रामिण भेगका विद्यालयहरुमा ईन्ट्नेटको पहँुच नहुनाले अनलाईन शिक्षा सम्भव छैन ।
बालबालिकाको अधिकांश समय घरमै बितिरहेको छ । नयाँ शैक्षिक सुरु भए पनि विद्यालय बन्द छ। विद्यार्थीहरुमा पढ्ने चाहना भएपनि कतिपय ठाउँमा नयाँ पुस्तक पाउन नसकिरहेको अवस्थामा तनहँुका सामुदायिक विद्यालयहरुले विद्यार्थीलाई नयाँ कक्षाको किताब वितरण सुरु गरेको छ। विद्यार्थीहरुमा घरमै पढ्ने बानी हराउन थालेको भन्दै विद्यालय सञ्चालन नभए पनि घरमै बसेर पढ्ने बनीको विकास होस् भन्ने उद्देश्यले पुस्तक वितरण गरिरहेको व्यास नगरपालिका वडा. नं ६ स्थित रहेको ईन्दु मा.विका प्र.अ रामकाजी श्रेष्ठले
बताए ।
नयाँ कक्षाको किताव पाउँदा उनीहरुमा केही न केही नयाँ सिकाई हुन्छ भन्ने विश्वास रहेको उनको भनाई छ। विद्यालयले सामाजिक दुरी कायम गदै पुस्तक वितरण गरेको थियो । त्यस्तै विद्यालयले विद्यार्थीलाई पुस्तक मात्रै होइन विद्यार्थी र अभिभावकलाई घर बस्दा पढ्ने सुझावसमेत दिने गरिएको प्रअ श्रेष्ठले बताए। लामो समयको पठनपाठन अवरुद्धले विद्यार्थीमा पढ्ने बानी हराइसकेको शिक्षकहरुले चिन्ता व्यक्त गरे। सोही विद्यालयको कक्षा ६ मा अध्यनरत छात्रा पूजा थापाले लकडाउनको बेला नयाँ कक्षाको पुस्तक पाएकोमा खु्सी व्यक्त गरिन् ।उनले भनिन्र्, अब बल्ल पढ्न पाईने भयो ।, लकडाउनले गर्दा नयाँ कक्षाको पढ्नै पाईएको थिएन । ’ थापाले मात्र होईन सोही वडाको बाह्रबिसेमा बस्ने केशव श्रेष्ठले पनि लकडाउन बेला नयाँ कक्षाको पुस्तक पाएकोमा खुसी व्यक्त गरे । उनले भनेर्, लकडाउनले गर्दा कहिले स्कुल खुल्छ थाहा नै छैन, टिभि र मोबाईलमा गेम खेलेर समय बिति रहेको थियो। ’ उनले भनेर्, पढ्ने बानी हराउन थालेको थियो, आज नयाँ कक्षाको पुस्तक पनि पाए अब घरमै बसेर पढ्नी हो ।’ तत्काल विद्यालय खुले पनि अभिभावकहरुले कोरोना त्रासको कारण विद्यालयमा छोराछोरी पठाउने सम्भावना न्यून छ। यता अभिभावकहरुले पनि लकडाउनको बेला विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरे राम्रो रहेको बताएका छन् । व्यास ६ देउराली की शर्मिला थापाले अब आफनो बालबच्चालाई घरमै बसेर पढाउन सकिने बताईन् ।

Show More

Related Articles

Back to top button