Uncategorized

विपन्न परिवारलाई राहत बाड्यो लायन्स क्लब अफ तनहुँ दमौलीले

२२ विपन्न परिवारलाई राहत पाए ।

राजेन्द्र परियार / दमौली खबर संवाददाता
चैत २४ दमौली

लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा आज व्यासको वडा १ कार्यालयमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको र सरकारले गरेको लक डाउनको प्रत्क्षय रुपमा मार मा परेको बिपन्न तथा दैनिक ज्यालादारी गर्ने २२ परिवारलाई लागि आज वडा १ को कार्यालयमा मा एक कार्यक्रमको बिच राहत बितरण गरिएको छ ।

 

क्लबले चामल, नुन, तेल, दाल तथा चाउचाउ भुजा जस्ता आधि खाद्यन्य सामाग्री वितरण गरेको क्लबका अध्यक्ष राजकुमार कुमार श्रेष्ठ ले दमौली खबरलाई बताए । वडा १ को समन्वयमा लायन्स क्लब अफ तनहुँ दमौलीले राहत वितरण गरेको हो । यस्तै क्लबले दमौलीको प्रहरी कार्यलय निर रहेको प्रहरी चेकपोस्टलाई समेत पानिको ५ जार हस्तान्तरण गरेको छ । डिउटीमा रहेका प्रहरी साथिहरुलाई पानिको असुबिधा नहोस भनेर हामीले पानीको जार हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

Show More

Related Articles

Back to top button