विचारUncategorized

लोकदोहोरी क्षेत्रमा उदाउदै मोहन

तनहुँको जिल्लाको ब्यास नगरपालिका वडा न.११ निर्बु भन्ने गाउमा एउटा गरिब परिवारमा जन्मिएका मोहन बि क । लोक दोहोरी को क्षेत्रमा उदाउदै गरेका प्रतिभाली सर्जकरसंगीतकार हुन बि.क । समय र परिस्थितिले गर्दा नेपाल बाहिरा रहेर पनि लोक दोहोरीमा टेवा पुरÞ्याउदै आईरहेका बि.क ले बि.स २०७२ सालमा “मारेउ मलाई आफु बाचेर” नामक एल्वमबाट संगीत क्षेत्रमा प्रवेश गरेका हुन । बि.क को सानै देखीको गाउने रुचि भए तापनि घरपरिवार स्थिती नाजुक भएकै कारणले गर्दा आफ्नो गायक बन्ने सपनालाई मनमा गुम्साएर परदेशिनु बाध्य भएको बताउछन । तर मन रहेको गायक बन्ने सपना मरेको छैन भन्छन बि.क ।

सानै देखी गाउने रुचि भएका ले स्कुलमा हुन कार्यक्रमहरु मा पनि गाउने गर्थे भन्छन बि.क । २०७२ साल देखी सुरुवात गरे देखी बि.क ले एक दर्जन भन्दा बढी गीतहरु सृजना गरि बजारमा ल्याएको बताउछन । मारेउ मलाई आफु बाचेर , फलाम गल्यो समाज गलेन , गाजलु , जिन्दगीको कुनै मोडमा , नालायक , जाले रुमालैमा , अभाब , कात्रो जस्ता बहुचर्चित गीतहरुमा शब्द संगीत भरेर लोक दोहोरीको क्षेत्रमा उल्लेखनिय योगदान पुरÞ्याएका छन र केहि गीतहरु आउने तयारि मा छन भन्छन र अझै प्रवासमा भएकै कारण संगीतमा पर्याप्त समय दिन नसकेको बताउछन बि.क । प्रवास मै भए तापनि सांगीतिक यात्रामा अनवरत रुपमा अगाडी बढ्न भने नछोड्ने उनले बताए । र उनको गायक बन्ने सपना पनि केहि समय पछि पुरा गर्ने छु भन्छन बि.क अब को केहि समय पछि कर्म भुमि लाई छोडेर जन्म भुमि फर्किएर सांगीतिक यात्रामा सक्रिय रुपमा अगाडी बड्ने र आफ्नो एउटा राम्रो छबि कायम राख्ने बताछन ।

Show More

Related Articles

Back to top button