हेडलाईनUncategorized

युवा व्यावसायी केसीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

राजेन्द्र परियार
असार ८
शुक्लागण्डकीका युवा व्यावसायी जिके साउड सिस्टमका संचालक गम बहादुर केसीले तनहुँका क्रियाशिल संचारकर्मीलाई मास्क र हेण्ड सेनिटाइजर दमौलीमा एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केसीले फ्रन्टलाईनमा बसेर काम गरेका संचारकर्मीलाई स्वास्थ्य सामग्री दिएका हुन् । रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशको संयोजनमा गरिएको उक्त कार्यक्रममा रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य लगाएका पत्रकारहरुको उपस्थिती रहेको थियो । व्यास नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा बोल्दै व्यावसायी केसीले विश्वनै अक्रान्त बनेको यस भाइरसको प्रबाह नगरी दिन रात समचार संकलन र संम्प्रसण गर्ने पत्रकारहरु धन्यवाद दिदै आभार व्यक्त गरेका थिए । उनले भने ‘ संचारकर्मीहरुकै कारणले गर्दा कहाँ कति संक्रमित छन् भनेर हामीलाई थाहा पाउन सजिलो भएको छ ।

रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले स्वास्थ्य समाग्री दिएको प्रति धन्यवाद दिएका थिए । उनले भने यस्तो पस्थितीमा पनी संचारकर्मीहरुले आफ्नो भुमिका निर्वाह गर्नुभएको छ । केसीले गरेका काम प्रति तनहुँका अरु स्थानिय तहहरुको पनि ध्यान जान अवश्यक रहेको छ वाग्लेले बताए । यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले धन्यवाद दिदै संचारकर्मी प्रति देखाउनु भएको माया प्रति आभार व्याक्त गरेका थिए । व्यावसायी केसी स्वास्थ्य सामग्री अपुग भएमा पनि आफुलाई सम्पर्क गर्न आग्रह गरेका थिए । यस्तै उनले संचारकर्मीलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्ने पनि प्रतिबध्ता जनाएका थिए ।

Show More

Related Articles

Back to top button