हेडलाईनव्यासगण्डकी प्रदेशAll

बैरेनी कपको उपाधि बाला क्लबलाई 

दमौली, २० असार बैरेनी युवा क्लबद्धारा आयोजित प्रथम बैरेनी कप–२०७९ सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–५ स्थित बाला युवा क्लबले जितेको छ ।

बालाले ऋषिङ–१ स्थित काहँुमिलन युवा क्लबलाई ट्राइब्रेकरमा २, ३ गोल अन्तरले हरायो । दुई टिमबाट निर्धारित समयमा एक एक गोल भएपछि खेल ट्राइब्रकेरमा टुङ्गिएको थियो ।

प्रतियोगितामा विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार नगद तथा प्रमाण प्रम्ुख अतिथि युवा नेता दीपकराज जोशीले सोमबार हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेता जोशीले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गरी राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी बन्ने वातावरण बन्ने बताउनुभयो । साथै जोशीले देशलाई पहिचान गर्ने प्रमुख माध्यम खेलकुद भएकाले खेल क्षेत्रको लागि पर्याप्त बजेट छुट्याउन जरुरी रहेको बताउनुभयो ।

खेलकुद शारिरिक तथा मानसिक स्वास्थ्य हुनको लागि महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रम आयोजक क्लबका अध्यक्ष सागर घिमिरेको सभापतित्वमा भएको थियो ।

Show More

Related Articles

Back to top button