हेडलाईनUncategorized

सुख्या पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब ७ घण्टा पछि सुचारु

दमौली खबर संवाददाता
जेठ १० दमौली

सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग करिब ७ घण्टा पछि सुचारु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राती खसेको पहिरोका कारण पूर्ण रुपले अवरुद्ध बनेको मुग्लिन– आँबुखैरेनी सडक खण्ड खुलाउनका लागि मुग्लिन र डुम्रेबाट आएको डोजरले पहिरो हटाएपछि दिउँसो करिब दुई बजेपछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

Show More

Related Articles

Back to top button