मुक्तक: पत्रिका
नवराज न्यौपाने ;मौन’
धेरै दौडधूप गर्छौ र थोरै छ तिम्रो भत्ता
ओहोदामा पुगेपछि मान्छे बन्दो रहेछ मैमत्ता
चौथो अङ्गलाई नसोच्नु कहिल्यै सानो भनेर
हो कागजको पत्ता तर हल्लाउन सक्छ शासन सत्ता
अन्याय अत्याचारको सधैं खबरदारी गर्छ
सूचनाको हकको सधैंं रखबारी गर्छ
बाटो बिराएकालाई सधैंं सचेत गराउदै
न्यायको आँखा खुलाएर समझदारी भर्छ