समाचार

‘ फुट्नेतिर हैन जुट्नेतिर लाग्नुपर्छ’

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नेकपा भित्र सङ्घीय सरकारको प्रधानमन्त्री को हुने भन्ने बिवादमा एकता टुट्न नहनुे बताएका छन् । नेकपा व्यास नगर कमिटी तनहुँले दमौलीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चुमानले सो कुरा बताएका हुन् ।

पार्टी फुट्ने अवस्था आउन लागेकोले बाहिर आलोचना भएको उल्लेख गर्दै मन्त्री चुमानले एकले अर्कोलाई दोष लगाउने भन्दा बीचको बाटो अबलम्बन गर्नु पर्ने बताए  । पार्टी फुटाउनु भनेको घरमा आगो लगाएर वनवास बसे जस्तो हुने बताए  । एकताको पहल गर्ने ठाउँ बाँकी नै छ दुईबीचको मिलनबिन्दुको बारेमा केन्द्रीय कमिटीमा छलफल गर्न सकिन्छ मन्त्री चुमानले भने, फुट्नेतिर हैन जुट्नेतिर लाग्नुपर्छ । केन्द्रीय नेताबीचको झगडा जिल्ला तहमा पुग्न दिन नहुने र एकताको पहल कदमी गरेर प्रदेश सरकारलाई खलबलाउने कामको अन्त्य गरिनु पर्ने मन्त्री चुमानले बताए ।

अदालतले संसद पुर्न स्थापनाको निर्णय आएमा एकताको पहल कदमी गर्न पनि सहज हुने मन्त्री चुमानले बताए  । कम्युनिष्टहरुबीचको फुटबाट जनता दिक्दार भएकोले पार्टी एकता भएको र फेरी फुटेर जनतालाई दुःखी बनाउने काम गर्न नहुनुे मन्त्री चुमानले बताए  । साथै मन्त्री चुमानले नेताबीचको तिक्तताले गण्डकी प्रदेश सरकार नढल्ने बताए  । केन्द्रका नेतालाई एकताको लागि दबाब दिने र त्यहाँको फुटको असर प्रदेशमा पुग्नु हुँदैन । गण्डकी प्रदेशमा  मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश नुहुने र मूख्य मन्त्रीले पनि संसद भङ्ग गर्ने वा मन्त्री परिवर्तन गर्ने अवस्था नआउने मन्त्री चुमानले बताए  । 

‘मूख्यमन्त्रीको गोजीमा संसद विघटनको कागज र मेरो गोजीमा अविश्वासको प्रस्ताव राखेर हिड्ने अवस्था आउनु हुँदैन,त्यस्तो हुँदैन पार्टी एकताकै लागि दबाब दिईनु पर्छ ’ मन्त्री चुमानले भने । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पिलएल श्रेष्ठ, पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला, नेकपा  गण्डकी प्रदेश सदस्य शंकरनारायण, श्रेष्ठ, व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की लगायतले प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक समस्या समाधानको लागि घनिभूत रुपमा छलफल गरिनु पर्नेमा जोड दिनु भएको थियो । 
Show More

Related Articles

Back to top button