समाचारAll

जिल्ला प्रशासन कार्यालय दुइ दिन बन्द हुने

दमौली खबर संवाददाता
तनहुँ समाचारदाता
अमरराज नहर्की
तनहुँ, कात्तिक २९ गते । मङ्सिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय दुुई दिन बन्द हुने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटिई जानु पर्ने भएकाले दैनिक रुपमा कार्यालयबाट प्रदान हुने सेवाको लागि जनशक्ति अप्राप्त हुने हुँदा मङ्सिर १ र २ गते बन्द हुने उल्लेख गरिएको छ । कार्यालबाट प्रदान हुनु अति आवश्यक बाहेकका अन्य सबै सेवाहरु स्थगन गरिने सूचनामा उल्लेख गरिएको छ ।
Show More

Related Articles

Back to top button