बन्चरो प्रहार गरी महिलाको हत्या
तनहुँ, फागुन २१ गते
बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक जना पक्राउ गरेको छ । व्यास नगरपालिका–९ कुमालगाउँका ३० वर्षिय शिवशङ्कर भन्ने शङ्कर कुमाललाई नियन्त्रणमा लिएको हो । सोही ठाउँका छिमेकी बर्ष ६६ की बिष्णुमाया कुमालको बुधबार बिहान ७ः३० बजे हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडीको खाली जग्गामा घोप्टो परी मृत अवस्थामा फेला परेको छ भन्ने स्थानीयबाट सूचना प्राप्त हुन साथ प्रारम्भिक अनुसन्धान गरी कुमाललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । बिष्णुमायालाई धारिलो हतियार बन्चरो प्रयोग गरी टाउको लगयतमा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको उहाँले बताउनुभयो । कुमाललाई नियन्त्रणमा लिई बुधबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।