समाचार

सवारी दुद्र्यटनामा बालकको मुत्यु

भानुमा सवारी दुर्घटनामा एक ८ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान १० ः४५ बजे तनहुँको भानु नगरपालिका ५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय बाङ्गेरुवाका ८ वर्षीय बालक आइज्याक सिंखडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । पैदलयात्रा गरिरहेका बालकलाई चन्द्रावतीबाट डुम्रे तर्फ जाँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाइकलले ठक्कर दिँदा बालकको ठाउकोमा गहिरो चोट लागेको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालक सिंखडालाई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर पठाइएकोमा दिउसो १ ः०५ बजे चिकत्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको र घटनाका वियषमा अनुसन्धान भइरहेको जनाएको छ ।

Show More

Related Articles

Back to top button