Uncategorizedजीवनशैली

फरार व्यक्ति पक्राउबाट १८ लाख राजस्व संकलन

जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो सयम फरार प्रतिवादी प्रकाउ अभियानलाई तिब्रता दिएको छ । असार यता जिल्लाका ७२ जना फरार प्रतिवादी प्रकाउ परेका छन् । प्रकाउ परेकाबाट जरिवाना स्वरुप १८ लाख बढी राजस्व संकलन भएको छ । ४९ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई प्रकाउ गरी जरिवाना स्वरुप १८ लाख १९ हजार ६ सय पाँच रुपैयाँ राजस्व उठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल आएपछि फरार फरार रहेका प्रतिवाद धमाधम प्रकाउ भईरहेका छन् । असार ८ गतेदेखी कार्यभर सम्हालेको एपसी पौडेल तनहुँ आएको ७२ दिनमा ७२ जना नै फरार अभियुक्त पक्राउ गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । असारमा नौ जना, साउनमा ४५ र भदौ २० गते सम्म १८ जना गरेर ७२ फरार अभियुक्त पक्राउ गरेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रकाउ पर्नेमा २१ बर्षदेखी फरार रहेका छन् । जनप्रतिनिधीलाई समेत प्रहरीले प्रकाउ गरेर कारागार चलान गरेको छ । विभिन्न मुद्धामा दोषी ठहरिएका निस्फिक्री हिड्दा समाजमा गलत सन्देश प्रवाह हुने र सर्वसाधरणले प्रहरी प्रशासनप्रतिको विश्वास कम हुने भएकाले धमाधम प्रकाउ गरेको उनले बताए ।

चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागू औषध, बैकिंङ कसुर लगायत मुद्धामा फरार अभियुक्त समयमा पक्राउ गरेको तिमिल्सिनाले जानकारी दिए । दण्डहिनताको भावाना नहोस् र ढिलै भएपनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश प्रवाहाका लागी फरार रहेकालाई प्रकाउ गर्ने अभियानलाई तीब्रता दिइएको एसपी पौडेलले बताए ।

पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले तनहुँमा छोटो समयमा धेरै सङ्ख्यामा फरार मुद्दाका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन थालेपछि जिल्लाबासीले सुरक्षाको अनुभूति गर्न थालेको बताए । ‘फरार भएकालाई धमाधम पक्राउ गर्ने अभियान चलाएको छ । यसबाट सर्वसाधरणमा सकरात्क सन्देश प्रवाह भएको छ’, आचार्य भने ।

Show More

Related Articles

Back to top button