Uncategorizedजीवनशैली

२८ बर्ष पछि गुदीफच्याङ कालोपत्रे हुदै

तनहुँको व्यासनगरपालिकाको वडा नं १३ र १४ अन्र्तगत पर्ने गुदीफच्याङ कच्ची सडक मार्ग करिब २८ बर्षपछि कालोपत्रे कार्य शुरु गरिएको छ । सदरमुकाम दमौली देखि झण्डै चौध किलोमिटर दुरीमा रहेको उक्त सडक मार्ग कालोपत्रे गरिन लागेको हो । विसं ०४८ पछि कच्चीमार्गको रुपमा सडक खनेर संञ्चालनमा ल्याइपनि हालसम्म कालोपत्रे नहुँदा बर्षायाम र हिउँद महिनामा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहि आएको छ ।

व्यासनगरपालिकाको १४ नं वडा केशवटार स्थित रुम्सी ढाक्रेस्वाँरा चोक देखि आँपटोल डाँडा सम्म करिब ६ सय मीटर दुरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेशको समानीकरण बजेट व्यासनगरपालिका मार्फत उक्त सडक कालोपत्रे गरिन लागिएको हो । उनले भने, कार्तिक मसान्त भित्र उक्त दुरीमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रु. एक करोड २५ लाखको समानीकरण बजेट बिनियोजन पश्चात कालोपत्रे कार्य थालिएको हो । गण्डकी प्रदेश सरकारबाट उक्त मार्ग कालोपत्रे गर्नका लागि गतबर्ष रु.डेढ करोड र यसवर्ष रु.सवा करोड बिनियोजन गरेपनि काम हुन नसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

व्यासनगरपालिकाद्धारा बिनियोजित रु. एक करोड बजेटले दमौली बजारबाट सडक कालोपत्रे गर्दै आएको छ । उक्त दुरीको मार्ग मध्ये हालसम्म करिब ४ किलोमिटर सडक मार्ग कालोपत्रे सम्पन्न भैसकेको छ । दमौली र केशवटार बाट कालोपत्रे गर्न थालिएपछि बाँकी रहने बीच सडकको भाग क्रमिक रुपमा बर्षेनी कालोपत्रे गरिदै लैजाने लक्ष्य रहेको व्यासनगरपालिका कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Back to top button