Uncategorized

निःशुल्क उपचार पाएपछि स्थानिय दङग्

दमौली खबर संवाददाता
माघ ५,

दमौली, तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नं ७ की ६५ वर्षीया चिजामाया गुरुङ दमरोगले थलिएकी थिइन्। शुक्रबार माघको सिमसिमे पानीमा रुजदै शिविरमा आईन् । शिविरमा दमको औषधि पाएपछि उनी निकै खुशी भइन्।उनले भनिन् ‘चेकजाँच गरेपछि शिविरमा निशुल्क औषधि पाइयो।विशेषज्ञ डाक्टरहरुको सल्लाह लिन पनि पाइयो।अब मलाई सञ्चो हुनेभयो।’ सोही वडाको बेलचौतराकी बुलुकुमारी गुरुङपनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताइन्। उनले भनिन् ‘।विशेषज्ञ डाक्टरको सल्लाह अनुसार निशुल्क औषधि पाए। यसले मलाई ज्यादै खुसी लाग्यो।’ शुक्लागण्डकी नगरपालिका ५ मा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा दुई दिन सम्म छ सय भन्दा बढी नागरिकले सेवा लिएका छन्।

शिविरमा जनरल मेडिसिन सेवा, श्वासप्रश्वास, पाठेघरको क्यान्सर परीक्षण, बालरोग, भिडियो एक्सर– रे सेवा तथा औषधी वितरण र ल्याव सेवालगायतका सेवाहरु प्रदान गरिएको शिविर संयोजक शेषमणि आर्चायले जानकारी दिए। सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए। उनले भने ‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्यता छन्। त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुर्याएको हामीले महसुस गरेका छौं।’शिविरमा गर्भवती महिलाले भिडियो एक्सरे सेवा पनि लिएका थिए।’

अस्पतालमा स्वास्थ्य शिविरमार्फत निशुल्क सेवा पाएपछि स्थानीय नागरिक दंग भएका छन्। शुक्लागण्डकी नगरपालिका वडा नं ८ का भिमबहादुर वि.कले भने, ‘हामीले शिविरमा सामान्य रोगको उपचार पनि पाएका छौं।चिकित्सको सल्लाह पनि पाएका छौं। यसले हामीलाई फाइदा भएको छ।’ उनि पेट सम्बन्धीको रोगको उपचारको लागि आएका थिए । उक्त शिविर तीन दिनको लागि सञ्चालन गरिएको हो । शुक्रबारको पहिलो दिनमा दुई सय दुई जना नागरिकले सेवा लिएको डा. रामकुमार श्रेष्ठले जानकारी दिए । ‘शिविरको दोस्रो दिनमा पनि चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् ।’ उनले भने । जसमा एक सय १६ जना पुरुष, दुई सय ४२ जना महिला र ९० जना जेष्ठनागरिक रहेको उनले जानकारी दिए । शिविर आईतबार बेलुका सम्म रहेने भएको छ ।

अस्पतालले आफैले उपचार प्रदान गर्ने सक्ने हैसियतको हनु पर्छ ः स्वास्थ मन्त्री ढकालको भनाई

सघिंय सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अस्पतालले आफैले उपचार प्रदान गर्ने हैसियतको हुनुपर्ने बताएका छन् । उनले नेपाली हरुको परम्परा सकुन्जेल सम्म अस्पताल नजाने र थला परेपछि मात्र अस्पताल जाने बानी रहेको बताए । उक्त बानीलाई परिर्वतन गर्न आवश्यक रहको उनले बताए । उनले समयेमा मलाई के भयो भनेर थाहा पाएर वातावरण थाहा पाउन त्यस बाट जति सुरक्षित हुने रोग लाग्नु भन्दा पहिला नै आवश्यक सुरक्षा सम्बन्धी ध्यान दिएमा रोग लागेर उपचार गर्न पर्ने स्थिती नआउने उनले बताए ।

त्यस्तै उनले अस्पतालमा रहेको जमिन व्यवस्थित गरिने समेत बताए । उनले कार्यक्रममा बोल्दै अस्पतालले उपचार सेवा दिदाँ अन्य ठाँउमा सिफारिस नगरि आफैले सेवा दिने हैसियतको हुनुपर्ने बताए । उनले भने, ‘अस्पतालमा उपचार दिदाँ अन्त्र सिफारिस गर्ने होईन, आफै सेवा दिने ढङग् बाट विकास गर्नुपर्छ ।’ नाम अनुसारको काम हुन आवश्यक रहको छ । उनले भने, । ‘यहाँका स्थानियलाई यहि सेवा दिनु व्यवस्थीत गर्नुपर्छ ।’उनले भने, यस अस्पताललाई नाम अनुसार काममा अगाडी बढाउन सरकार रहने छ । स्थानियको आवश्यकता अनुसार नै सेवा प्रदान गर्नुपर्ने बताए । सेवा प्रदान गर्दा आउने बाध्यमा स्थानियरुपमा भएको कमजोरी रुपमा हटाउनु पर्ने केन्द्र बाट भएको कमजोरी केन्द्र बाट हटाईने उनले बताए । उनले अस्पतालको नाम रहेको जमिन एक ईन्च पनि तलमाथि नहुन समेत दाबी गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख किसान गुरुङले नागरिकहरुको ईच्छा आवश्यकतालाई मध्येनजर गदै सेवा प्रदान गर्ने बताए

Show More

Related Articles

Back to top button