Uncategorized

दुई दिनमै थपिए १२३ संक्रमित


दमौली खबर सम्बाददाता,
साउन २३,दमौली ।
दुई दिनमा तनहँुमा एक सय २३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा शुक्रबार २७ र शनिबार ९६जना गरि एक सय २३ जना संक्रमित थपिएका हुन् । शुक्रबार जिल्लाका १४ महिला र १३ पुरुषमा संक्रमण देखिएको थियो । शनिबार जिल्लाका एक सय ८४ जनामा गरिएको कोरोना परिक्षणमा ५३ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ । जिल्लामा शुक्रबार र शनिबार संक्रमणबाट ज्यान जानेको संख्या शुन्य रहेको छ ।

Show More

Related Articles

Back to top button