हेडलाईनसमाचारAll

देश परिवर्तनको राजनितिमा आएको छु : रवि लामिछाने

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, असोज २९ गते । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तनको लागि दृढ अठोट लिएर राजनितिमा आएको बताउनु भएको छ ।
शनिवार आँबुखैरेनी गाउँपालिका भेला तथा पालिका गठन कार्यक्रमलाई सम्बोधन गदै  अध्यक्ष लामिछाने सो कुरा बताउनु भएको हो । ‘भेदभावको अवस्थको अन्यको लागि विधिको शासनबाट जनतालाई सुविधा दिने अठोेट रहेको उहाँको भनाई थियो । सुशासन, समृद्धि र भेदभाव रहित विकासको लागि म राजनीतिमा आएको हुँ’ लामिछानेले भन्नुभयो । आफ्नो पार्टीको उम्मेद्वार अन्य पाटिले सिफारिस गरेको भन्दा स्वच्छ छविका भएको र जनताले परिवर्तन जाहेकोले राम्रो नतिजा आउने दाबी लामिछानेले गर्नुभयो । ‘हाम्रा उम्मेद्वार लोक नभए पनि भ्रष्ट र लोभी र पापी छैनन् देश र जनता प्रति उत्तरदायि हुने व्यत्तिलाई मात्रा उम्मेद्वार बनाएका छौं’ लामिछानेले भन्नुभयो ।
तनहुँको मुहार फेर्ने कामको सुरुवात तनहुँकै वासिन्दाले आफ्नो भोट फेरेर गर्नुपर्ने लामिछानेको भनाई थियो । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ लामिछानेले भन्नुभयो । उक्त कार्यक्रममा जिल्ला अध्यक्ष एवं तनहुँ –१ बाट प्रतिनिधिसभाका उम्मेदवार विकास सिग्देल, पाटी सचिव सूर्यमणि पौडेल, तनहुँ जिल्ला निर्वाचन समिति संयोजक विनोद सेञ्चुरी लगायतले यस पटक अवसर दिएर परिवर्तनको अभियानमा साथ दिन मतदातालाई आग्रह गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button