हेडलाईनसमाचारव्यासAllनगरपालिका

व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने

दमौली खबर संवाददाता
दमौली, असोज ३० गते । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिकाले भू उपयोग नियमावली र  जग्गा वर्गिकरण प्रकृया अघि बढाएको छ ।   नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा उप–प्रमुख इन्दिरा दरै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु सबैको उपस्थितिमा सो निर्णय गरिएको हो ।
प्रवत्ता जीवन गुरुङद्धारा जारी विज्ञप्तीमा व्यास नगरपालिका भित्रका जग्गाहरुको भू उपयोग नियमावलि, २०७९ अनुसार वडागत रुपमा जग्गा वर्गिकरण प्रकृया स्थानीयहरुको सहभागितामा अन्तिम रुप दिने निर्णय गरिएको जनाईएको छ । यसैगरी बैठकमा हालसालै भएको अविरल वर्षाका कारणले व्यास नगरपालिका भित्र भएको क्षतिको वडागत विवरण सम्बन्धित वडा अध्यक्षहरुबाट प्रस्तुत भई तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु पहिचान गरि राहत पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।
 यस्तै सुरक्षित आवास कार्यक्रम अन्तरगत २०० घरधुरीलाई थप रकम प्राप्त भएकाले तत्काल विवरण संकलन गरि मुल्याङकन प्रकृया अघि बढाउन सम्बन्धित वडाहरु लाई निर्देशन दिने निर्णय भएको छ ।   स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ अनुसार स्थानीय कर्मचारीहरुको स्तर बृद्दी प्रकृयालाई निर्वाचन आयोगबाट अनुमति प्राप्त भएपछि वा निर्वाचन सम्पन्न भएपछि मात्र अघि बढाउने निर्णय गरिएको विज्ञप्तीमा जनाईएको छ ।
Show More

Related Articles

Back to top button