Uncategorizedपत्रपत्रिकाबाट

दलित समुदायमा खाद्यन्न सहयोग

दमौली खबर सम्बाददाता
जेठ २६, दमौली । नेपाली कांग्रेस तनहुँका युवा नेता देखि युवा व्यवसायी सबै दुखी तथा गरिबको सेवामा लगातार लागि रहेका छन । सोमबार लकडाउन भएको ७५ दिन सम्म लगातार तनहुँका युवा नेता लक्ष्मीभक्त खनालको नेतृत्वमा दुखी तथा गरिबको घरमा खाद्यन्न वितरण गर्ने देखि क्वारेनटाइन सम्म पुगि पानी, मास्क तथा तरकारिको सहयोग गरेका
छन ।
यसै गरि सोमबार व्यास नगरपालिका वडा ११ रामथुम्किस्थित दलित समुदायका १५ घर परिवारमा चामल, नुन र तेल वितरण गरेका छन। सो को लागि युवा व्यबसायी सुगम पेट्रोल पम्पका संचालक महेश वतासबाट ६ बोरा चामल,६ वटा तेल र नुन सहयोग गरेका छन ।
त्यसै गरि नेता नेपाल बिद्यार्थी संघका पुर्ब सह–महामन्त्री लक्ष्मीभक्त खनालले ३ बोरा, नेपाली कांग्रेसका नगर सदस्य तनहु सुनचादी व्यबसाय संघका अध्यक्ष कृष्ण सुनारले ३ बोरा, नेपाली कांग्रेस व्यास १० का सचीव युवा व्यबसायी बल बहादुर शाहीले ३ बोरा सहयोग गरेका हुन। कुल १५ बोरा चामल, १५ वटा तेल र नुन गाउँमै पुगि युवा नेता खनाल र वार्ड सदस्य केशरी दुराको नेतृत्वमा सोमबार रै हस्तान्तरण गरेका हुन ।।

Show More

Related Articles

Back to top button