समाचारविचारUncategorized

दमौलीमा फैलदै कोरोना

तनहँुमा चरम लापरवाहीले समुदायमा कोरोना संक्रमण फैलिएको छ। १० स्थानीय तह रहेको जिल्लाको व्यास नगरपालिकामा बढि कोरोनाका संक्रमित विरामी देखा परेका छन्। दैनिक रुपमा कोरोना संक्रमितहरुको सख्या बढिरहेको भए पनि यसको नियन्त्रणमा सम्बन्धित सबैले चासो देखाएका छैनन्। पहिलो लकडाउन पश्चात व्यासमा कोरानाको संक्रमण भयावह रुपमा देखा परेको थियो । छिमेकी पालिका भानुमा समुदाय स्तरमा फैलिएको कोरोनाको जोखिम गर्न व्यास नगरपालिकाले पनि निषेधाज्ञा गर्यो । संक्रमीतको संख्या घट्दै गएपछि निषेधाज्ञा लागू गरिएको स्थानियमा तहमा खुकुलो बनाउदै लगियो । तर स्थानिय तह र सर्वसाधरणको लापबाहीले तनहँुमा कोरोना भयावह भन्दै गएको छ । सार्वजनिक कार्यक्रममा सहभागि भएकाहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार तनहुँमा एकै दिन ४४ जनामा नयाँ संक्रमण भेटिएको थियो । जुन हालसम्मकै संक्रमितको नयाँ रेकर्ड हो । जिल्लामा नयाँ संक्रमण भेटिएकामा भिडभाडयुक्त ठाउँमा काम गर्ने बढी छन् । बैंक, प्रहरी कार्यालय, औषधी व्यवसायसहित धेरै भिडभाडयुक्त ठाउँमा संलग्न व्यक्ति बढी संक्रमित भेटिएपछि यसले थप जोखिम बढाएको हो । व्यास नगरपालिकामा शुक्रबार व्यास नगरपालिकामा सर्वाधिक संक्रमण देखीएको हो । जुन जिल्लामा कुनै पनि तहमा यस अघि एकै दिन सर्वाधिक संक्रमण देखिएको हो । यस अघि भानुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरणमा दमौलीको बजार क्षेत्रका व्यक्तिहरु धेरै रहेका छन् । विभिन्न बैंकमा कार्यरत कमर्चारी, व्यास नगरपालिकामा कार्यरत कर्मचारी, नेपालप्रहरी, थुनुवामा समेत कोरोना देखिएको छ ।

दमौलीको प्रभु बैंकमा कार्यरत व्यास २ का ३ पुरुष र १ महिला, व्यास १ र ४ का १।१ महिला तथा व्यास १ का १ पुरुष गरी ८ जना प्रभु बैंकमा कार्यरत लाई कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी माछापुछ्रे बैंकमा कार्यरत व्यास २ का २८ वर्षका पुरुष र लक्ष्मी बैंकमा कार्यरत अर्का एक जनामा संक्रमण भेटिएको हो । व्यास नगरपालिकाका आईटी अफिसर २६ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ । यस बाहेक दमौलीको निजी विद्यालय, औषधी पसले तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी थुनुवा, दमौली अस्पतालका कर्मचारी आदिमा पनि संक्रमण भेटिएको छ । त्यस्तै बन्दीपुर गाउँपालिकामा एकै घरका ६ जना संक्रमित भएका छन् । काठमाडौंमा उपचारका क्रममा गएका डुम्रेको परिवारका दुई महिला सदस्यमा संक्रमण भेटिए पछि गरिएको परीक्षणका क्रममा घरका सदस्य थप ४ जनामा संक्रमण भेटिएको थियो । उनीहरु बाहेक बजारका अर्का एक व्यवसायीमा संक्रमण भेटिएको छ ।

यसैबीच शुक्लागण्डकीका ७ जनामा संक्रमण भेटिएको छ । नगरपालिकाका अनुसार संक्रमितमध्ये अधिक क्वारेन्टिन र केही कन्ट्याक्ट ट्रेस भएका व्यक्ति छन् । त्यस्तै शनिबार थप सात जनामा कोराना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा ऋषिङ्ग गाउँपालिका २ का २०,ऋषिङ्ग ४ का २१,३१ वर्षका पुरुष र व्यास ४ का ७२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।यसैगरी जिपि कोइराला अस्पताल बेलचौताराका २७ वर्षीय एक जना पुरुष तथा २३, २९ वर्षका दुई महिलामा समेत संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । कोरोनाको संक्रमण भयावह रुपमा फैलिएकाले सबैले साबधानी अपनाउनु बाहेक अर्को उपाय नभएको प्रमुख जिल्ला अधिकारी सागर आर्चायको भनाई छ। पछिल्लो समय व्यासमामा शिक्षित व्यक्तिहरुबाटै चरम लापरवाही गर्दा कोरोनाको संक्रमणले भयावह रुप लिएको जानकारहरु बताउँछन्।

दमौलीमा कोरोनालाई सामान्य सम्झेर चरम लापरवाही गर्नेहरुमा निजि तथा सरकारी चिकित्सक, नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, पत्रकार, व्यापारी र सर्बसाधारणहरु छन्। शिक्षित व्यक्तिबाटै नै विश्व स्वास्थ्य संगठनको नियम विपरित चरम लापरवाही गर्न थालेपछि उनीहरु संक्रमित भएर अस्पताल र होम क्वारेनटाइनमा बसेका छन्। पिसिआर परीक्षण गरि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा सहभागि भएका छन । लापरवाही गर्नेहरु नै पछिल्लो समय संक्रमित हुने गरेका छन्। शिक्षित व्यक्तिहरुकै लापरवाहीले गर्दा कोरोना नियन्त्रणमा थप चुनौति थपेको सरोकारवालाहरु बतान्छन् ।

सबैले स्वास्थ्य प्रटोकल अनुसार नियम पालना गरे कोरोना नियन्त्रणमा थप सहज हुने उनिहरुको भनाई छ। यस्तै नेकपा कांग्रेस र राप्रपात तनहँुले पनि जिल्लामा चरम लापरवाही गर्दै माक्स नलगाएर र सामाजिक दुरी कायम नगरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश गराई रहेका छन्। सामाजीक दुरी कायम नगरि बढाईको भीडभाडका कारण कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको विज्ञहरु बताउँछन्। सरकराले भीडभाडलाई नियन्त्रण गर्न नसकेका कारण भयावह स्थिति सिर्जना गरेको विज्ञहरुको भनाई छ।

Show More

Related Articles

Back to top button