Uncategorized

दमौलीमा पनि मगरहरुले मनाए माघे संक्रान्ति

माघ २
दमौली खबर संवाददाता

मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे संक्रान्ति हो । माघे संक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुवात पनि हो । माघे संक्रान्ति अर्थात सार ल्हेस मगर जातिको फूलको वर्षाको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन पनि रहेको छ । यस चाडमा चेलीहरुले मुलको पानी र जमरा स्वरुप जौं को फूल लिएर घरको धुरी खावोमा पूजा गर्ने गरिन्छ । यस दिन छोरी चेलीलाई माइतीहरुले पूजा गर्ने गरिन्छ ।

चामलको सेतो टिका र जौं पाटीको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने चलन छ । माघे संक्रान्तिको दिन छोरी चेलीहरुलाई (मिस्रा उपहार) दिने गरिन्छ । घरमा रहेकाहरुलाई घरमै र घरमा नआएका चेलीलाई घर–घरमा पठाई दिने चलन पनि मगर जातीहरुमा रहेको छ । मिस्रा भन्नाले तरुल, भ्याकुरको परिकारहरु भुजौरी, खिचडी, घ्यूको परिकार बनाइएको परिकार हो । यसै सन्दर्भमा मगर गुठी समिति तनहँु दमौलीले पनि मनाएको छ । आ–आफनो भाषा,शैलीमा गित गाँउदै दमौली बजारमा आफनो भेषभुषा सहित परिक्रमा गरेका थिए । परम्परागत रुपमा मान्दै आएको माघे संक्रान्तीको संरक्षणको लागि सबै मिली सक्रान्ती मनाएको गुठीकी अध्यक्ष मिना थापाले जानकारी दिईन् । सरकारले पनि यस पर्वलाई मध्येनजर गदै सार्वजनिक बिदा दिएकोमा सबै मगर समुदाय खुसी भएको उनले बताईन् ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ ।

Image : The Himalayan Times

Show More

Related Articles

Back to top button