समाचारUncategorized

मुत्युदाबी रकम हस्तान्तरण

पहिरोले पुरिएर ज्यान गएको ऋषिङ ८ झैसीकिलिका भेषबहादुर थापाको परिवारलाई मुत्युदाबी रकम हस्तान्तरण गरिएको छ । गत असार २८ गते आएको पहिरोले थापा सहित पाँच जनाको ज्यान गएको थियो । थापाले २०७५ साल भदौमा लाईफ ईन्स्योरेन्स कर्पोरेशनमा दुई लाखको जिवन बिमा गराएका थिए । ईन्स्योरेस तनहँु शाखाका प्रबन्धक सुदिप ज्ञवाली र अभिकर्ता देवबहादुर थापाले मृतकको घरमै पुगेर चार लाख ५१ हजार आठ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो । मृतककी छोरी अभिना थापालाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो । चेक हस्तानतरण गदै प्रबन्धक ज्ञवालीले मुत्युदाबी रकमले भविष्यमा अभिनाको शिक्षाको लागि सहयोग पुग्ने बताए ।

Show More

Related Articles

Back to top button