सम्पादकीयAll

डेंगुको संकटकाल घोषण गरौं

दमौली खबर संवाददाता

तनहुँ जिल्ला लामखुट्टेको टोकाईबाट सर्ने डेंगुबाट संक्रमण व्यापक भएकोले उच्च जोखिमको जिल्ला बनेको छ । गण्डकी प्रदेश भरीको दुई हजार ४ सय मध्ये तनहुँमा मात्रै असोज ९ गते सम्ममा एक हजार ८९४ जना विरामी छन् । जसमध्ये व्यास नगरपालिकाका एक हजार ६८९ जना डेङ्गु प्रभावित छन् । यो भयावह स्थिती हो । तनहुँमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको बेला यति धेरै संख्यामा प्रभावित हुनुले यसले अझै जोखिम बढाएको छ । डेंगुले गर्दा तनहुँका मात्रै चार जनाले ज्यान समेत गुमाएका छन् । तनहुँ जिल्ला लगायत देशव्यापी महामारीका रुपमा फैलिरहेको डेड्गु प्रकोपले गर्दा जनजीवन प्रभावितभएको छ । तथ्याङ्कलाई हेर्दा व्यास नगरपालिकाको दमौली बजार वरपरका क्षेत्रहरुमा बढि सावधानी अपनाउनु पर्ने देखिएको छ । यस वर्ष धेरै प्रभावित भएकोले अर्को वर्ष पनि महामारीकै रुपमा आउन सक्ने जोखिम छ । लामखुट्टे धेरै हुँदा यसले अण्डा पनि धेरै पार्ने भएकोले अर्को वर्ष पनि भयाभहको अवस्था ल्याउन सक्छ । यद्यपी जिल्लाका अन्य स्थानहरुमा पनि यसको प्रकोप कायमै रहेको र सदरमुकाम वाहिरका अस्पतालहरुमा पनि विरामीहरुको चाप बढ्दै गएको पाइएको हुँदा स्वास्थमा सर्तकता अपनाउनु पर्ने देखिन्छ । लामखुट्टेको बासस्थान खोजौं र नष्ट गरौं भन्ने अभियानलाई अझै तिब्रता दिनु पर्ने देखिन्छ । सफा पानीमा यो फैलिने भएकोले खुला पानी नराख्ने, पानी जम्न नदिने जस्ता उपाय अपनाउनु पर्छ । लामा बाउला भएका कपडा लगाउने, झुल टाँगेर सुत्ने, संक्रमित विरामी झुल भित्र बस्ने जस्ता उपाय उपनाउनु पर्छ । तनहुँलाई डेंगुको संकटकाल घोषणा गरि नियन्त्रण र रोकथामको लागि तुरुन्त कदम चाल्नु पर्दछ । साथै जनप्रतिनिधी तथा राजनीतिक दलले सुविधा सम्पन्न अस्पताल बनाउन ध्यान दिनु पर्दछ ।

 

Show More

Related Articles

Back to top button