साहित्यAll

***तीन मुक्तक: मौन ***

***तीन मुक्तक: मौन ***
नवराज न्यौपाने ‘मौन’

कसैको यहाँ धन हुन्न ,कसैको भने मन हुन्न
समय घर्किदै गए पछि ,सदावहार यौवन हुन्न
बाँचुञ्जेल यश र मरेपछि कीर्ति रहन्न यदि भने
त्यो निरर्थक बँचाइ हो, गाथायोग्य जीवन हुन्न

भोटले विजयी भएर जनमतको कदर गरिन्न भने
जनताको दर्द पीडाको गहिरो नजर गरिन्न भने
ओहोदा र भाषणले मात्र लोकप्रियता कमाइन्न बुझ
जनचाहना अनुसारका कार्ययोजना सदर गरिन्न भने

देश डुबाएर विदेशीको भक्ति गर्दै हिंडेपछि
घर जलाएर आफ्नो यहाँ भाइभाइ भिडेपछि
स्वाधीनता र अखण्डताका कुरा किन गर्छु तिमी यहाँ
पराइसँग मिलेर यहाँ आमाको गर्धन गिँडेपछि

Show More

Related Articles

Back to top button