खेलकुद

घिरिङको तेस्रो अध्यक्ष कपको उपाधी १ नं वडालाई

दमौली खबर संवबददाता
फागुन २४

घिरिङ गाँउपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष भलिबल कपको उपाधी वाड नं १ ले हात पारेको छ । फाईन खेलमा वडा नं १ र२ बीच भएकोमा वडा नं १ ले उपाधी हासिल गरेको हो । दूई नं वडा द्धितिय भएको छ भने वडा नं ३ तृतिय भएको छ । त्यस्तै उपाध्यक्ष कपको उपाधी वडा नं २ले हात पारेको छ । वडा नं ५ र वडा नं २ बीच भएको फाईनमा वडा नं २ ले उपाधी हासिल गरेको हो ।

खेलकुद अनुशासन र रास्ट्र भक्ति समृद्ध घिरिङका लागी स्वास्य जनशक्ति, भन्ने नारासहित खेलकुद बिकास समिती घिरिङ गाँउपालीका पोखरीछापले फाल्गुन २० गते देखी २३ गते सम्म सञ्चालन गरेको थियो । समापन कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष रन बहादुर रानाले यूवाहरु खेलकुदको नियमलाई पालना गरी अनुशासित भएर खेलमा निरन्तर लागिरहन आग्रह गरे । उनले खेलले यूवालाई अनुशासित रहन, समयको महत्व र सामाजिक छेत्रमा अग्रसर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्यक्ष कपमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः रु ३० हजार , २० हजार र १०हजार प्रदान गरिएको छ प्राप्त गरे । प्रतियोगितामा मिलन चन्द बेस्ट प्लेयर , असोक श्रेष्ठ बेस्ट स्पाइकर, दिपक साही बेस्ट कुइकर, मिलन थापा बेस्ट डिफेन्डर , बाबुराम कुमाल बेस्ट सरभर, चिम बहादुर कुमाल बेस्ट ब्लकर, घोषीत भए । त्यस्तै उपाध्यक्ष कपको उपाधीलाई १० हजार र उप विजेतालाई ५ हजार प्रदान गरिएको छ । त्यस्तै छेलो हान्नेमा वडा. न १ का धन बहादुर कुमाल प्रथम हुदै नगद रु ३,००० प्राप्त गरे भने रसी तनाई प्रतियोगिता तर्फ घिरिङ गाउपालीका वडा. न २, प्रथम वडा. न ३ ले द्धितिय स्थान हासील गर्दै क्रमशः २ हजार र एक हजार पाँच सय रुपँैया प्राप्त गरे । प्रतियोगितामा महीला तर्फ ५ र पुरुष तर्फ १० गरि १५ समुहको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Back to top button