समाचारखेलकुद

बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीलाई

बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले हात पारेको छ । शुक्लागण्डकी–६ को खेलकुद विकास समितिले आयोजना गरेकोे फाईनल खेलमा राना र लामाको जोडीले उपाधी हासिल गरेको हो । उनिहरुको जोडिले देवबहादुर गुरुङ र मनबहादुर आलेको जोडीलाई २२–२१, २०–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी हासिल गरेका हुन् । उनिहरुले नगद २१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपविजेता भएका गुरुङ र आलकोे जोडीलाई १२ हजार २ सय २२ रुपैयाँमा प्रदान गरिएको छ । त्यस्तै तृतिय भएका गोविन्द श्रेष्ठ र धनबहादुर थापासंगै कृष्ण बस्नेत र आशिष श्रेष्ठको जोडीलेलाई पाँच हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सि लेभलतर्फ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिना र धनबहादुर गुरुङको जोडि पहिलो भएका छन् । सागर थापा र सुरव कँडेलको जोडी दोस्रो स्थान हासिल गरेका छन् । सफल भुजेल र तुलाराम थापाको जोडीले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई क्रमश ः ११ हजार १ सय ११ रुपैयाँ, पाँच हजार ५ सय ५५ रुपैयाँ र चार हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै महिलातर्फ ४० वर्ष भन्दा माथिका बीच भएको खेलमा बिष्णु थापा र मिलन रानाको जोडी लाई हराउदै चित्रकला आले र पविता आलेको जोडी प्रथम भएका छन् । पहिलो र दोस्रो हुनले क्रमश ः तीन हजार तीन सय ३३ रुपैयाँ, दुई हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महिलातर्फ ४० बर्ष मुनिको उमेर समुहको प्रतिष्पर्धामा देवी थापा र सनीसरा थापा पहिलो, सर्मिला थापा र लिला गुरुङ दोस्रो, गंगा राना र सुकु थापा तेस्रो भएका छन् । उनीहरु क्रमश ः पाँच हजार पाँच सय ५५ रुपैयाँ, तीन हजार तीन सय ३३ रुपैयाँ र एक हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

१३ बर्षमुनीको नव खेलाडीको प्रतिष्पर्धामा संगम आले र सुप्रेश आलेको जोडी पहिलो र सुप्रिम थापा र प्रजु थापाको जोडी दोस्रो भए । उनीहरु क्रमश ः एक हजार एक सय ११ रुपैयाँ र पाँच सय ५५ रुपैयाँ प्रदान गरियो ।

विजेता खेलाडीलाई वडाध्यक्ष कृष्णबहादुर पौडेल, शुक्लागण्डकी–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, खेलकुद विकास समिति शुक्लागण्डकी–६ का अध्यक्ष बृद्धीबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका हुन् । त्रिवेणी ब्याडमिन्टन कोट भिमाद चोकमा भएको प्रतियोगितामा १ सय १० जोडीले सहभागिता रहेको थियो ।

Show More

Related Articles

Back to top button