समाचारखेलकुद

खेलाडी श्रेष्ठको परिवारलाई नमुनाको सहयोग

फुटबल खेलाडी विश्वास श्रेष्ठ परिवारलाई तनहुँको नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले आर्थिक सहयोग गरेको छ । राष्ट्रिय स्तरका श्रेष्ठको केहि महिना पहिले स्याङ्जाको वालिङस्थित घरमा आगलागी हुदाँ लाखौंको धनमाल नष्ट भएको थियो । त्यस्तै मसिंर ४ गते श्रेष्ठका बुवा रुपनारायण श्रेष्ठलाई करेन्ट लागेर चार तलाबाट खस्दा गम्भीर घाइते भएपछि उपचाररत रहेका छन् ।

काठमाडौंस्थित ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको र खर्च पु¥याउन कठिन भईरहेकाले क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको क्लबका विनोद वाग्लेले जानकारी दिए ।

खेलाडी श्रेष्ठले नमुना फुटबल क्लबका लागि पनि उत्कृष्ठ खेल खेलेको स्मरण गर्दै वाग्लेले राष्ट्रका लागि खेल क्षेत्रबाट योगदान पु¥याएका खेलाडीलाई समस्या पर्दा सहयोग गर्नु राज्यपक्ष र सबैको दायित्व भएको बताए । ११ बर्षको उमेरदेखि नै एन्फा एकेडेमीमा आवद्ध श्रेष्ठले थुप्रै पटक अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । उनी हाल हिमालयन शेर्पा क्लबमा अनुबन्धित छन् ।

Show More

Related Articles

Back to top button