समाचारव्यासखेलकुद

व्यास नगरको चौथौ अल्ट्रा म्याराथन, प्रथमलाई ८५ हजार पुरस्कार

व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म चौथो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथन नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको हो । व्यास नगरपालिकाका प्रमुख न्यौपानेले पर्यटकीय गाउँ मानुङ्गकोट र शहिदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत चार वर्ष देखि म्याराथनलाई निरन्तरता दिदै आएको पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए । विगतमा गदै आएको म्याराथनले मानहँुकोटको पर्यटकीय प्रर्वद्दन मा टेवा पुराएको बताए । उनले म्याराथन नगरपालिकाको पहिचान बनिसकेको बताउदै यसलाई हरेक वर्ष निरन्तर दिने बताए । उनले भने,‘मानहँुलाई पर्यटकीय स्थलको रुपमा चिनाउन म्याराथनले पनि टेवा पुराएको छ ।

नगरपालिकाले म्याराथनलाई निरन्तरता दिने छ । ’ उनले अघि भने,‘खेलको माध्यमबाट पर्यटकीय स्थलको पहिचान गर्ने क्रममा हामी लागेका छौ । ’ म्याराथनमा बाटोको बीचमा दुरी पार गरेको धावकको दर्ता समेत गरिने जसले गर्दा कसैले पनि छलि गर्न नपाउने न्यौपानेले बताए । यस वर्षको म्याराथनको संयोजकमा उपप्रमुख मिरा जोशी रहेकी छिन् । प्रतियोगितामा १६ वर्ष भन्दा माथिको उमेर धावक सहभागी हुन पाउने भएका छन् ।

व्यास वडा नं ५ मानुङ्गकोटबाट शुरु हुने म्याराथन शहिद स्मार्क पार्क रहेको व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ । प्रतियोगितामा ८ स्थलमा चेक पोईन्ट राखिने भएको छ । म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्ष आयोजना गरिएको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङले प्रथम उपाधी जितेका थिए ।

यस पटक हुने प्रतियोगितामा पुरस्कार राशी वृद्धि गरेको छ । प्रथमलाई ८५ हजार ७७ रुपैयाँ, द्धितियलाई ६५ हजार ७७ रुपैयाँ तथा तृतियलाई ५५ हजार ७७ रुपैयाँ रहेको छ । यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ । पुरस्कार रकमको कर नगरपालिका आफैंले बेहोर्ने जानकारी दिइएको छ । गत वर्ष प्रथम हुनेलाई ८१ हजार ७६, दोश्रो हुनेलाई ६१ हजार ७६, तेश्रो हुनेलाई नगद ५१ हजार ७६ रुैपया र सान्त्वना हुने पाँच जनालाई १६ हजार ७६ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने र १५ गते धावकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यसैगरी महिलाहरुका लागि पनि नगरपालिकाले दौड गर्ने भएको छ । गत वर्ष गर्ने भनिएको दौड कोरोनाले रोकिएको भन्दै अन्तर्राष्ट्रिय नारी दिवसबाट निरन्तरता दिईने बताईएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा ऐतिहासिक तनहुँसुरसम्मको हाफ अल्ट्रा म्याराथन प्रतियोगिता पनि गरिने व्यास नगर उप प्रमुख मिरा जोशीले जानकारी दिइन् ।

Show More

Related Articles

Back to top button