समाचारAll

गोरखाकाली रबर उद्योगबाट तामाको तार चोर्ने पक्राउ

दमौली ब्ख्ब्र संवाददाता

दमौली, भदौ २२

गोरखकाली रबर उद्योग प्रालिबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बस्ने बर्ष २० को राजकुमार मगर र सोही ठाउँ बस्ने बर्ष ३३ को ज्ञानेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको हो ।

गोरखाको गोरखा नगरपालिका–१३ मझुवा देउराली स्थित उद्योगभित्र प्रवेश गरी स्टोर कोठामा रहेको तामाको तार चोरी गर्दै गरेको अवस्थामा प्रहरी चौकी मझुवादेउराली गोरखाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्लाा प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

बुधबार दिउँसो १२ः०० बजे तामाको तार र तार काट्न प्रयोग गरेको फलामको खुर्पा सहित निजहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । दुवै जनालाई बिहीबार गोरखा जिल्ला अदालतमा चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

Show More

Related Articles

Back to top button