समाचार

सुईटर पाएपछि विद्यार्थी फुरुङग

व्यास २ को हाम्रो चौतारी युवा क्लबले दुई वटा विद्यालयमा सुईटर वितरण गरेको छ । व्यास १३ मा रहेको बाल कल्याण प्रा.वि र जनजागृती गंगा मा.विमा अध्यनरत ४० जना विद्यार्थीलाई सुईटर वितरण गरेको हो । दुईवटा विद्यालयमा एक कार्यक्रम गरि विपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर वितरण गरिएको क्लवका सचिव संजित खनाले जानकारी दिए । व्यास १३ को कुकुरढुङ्गेमा रहेको बाल कल्याण प्राविका २० जना विद्यार्थीलाई सुईटर वितरण गर्दै विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एकराज पन्थले क्लबको कार्य सह्रानीय रहेको बताए ।

उनले भने,‘ युवाहरुको यो कार्य सह्रानीय रहेको छ । यस्तो कार्यलाई युवाहरुले निरन्रता दिन आवश्यक रहेको छ ।’ विद्यालयका प्रअ रामचन्द्र उपाध्यायले विद्यालयमा अति विपन्न विद्यार्थीहरुले पठनपाठन गर्ने हुनाले यस सहयोगले विद्यार्थीहरुको पठनपाठनमा थव हौसला मिलेको बताए । उनले भने,‘विद्यालयमा पहिलो पटक विद्यार्थीलाई न्यानो कपडा वितरण कार्य हो । विद्यार्थीको पढाईमा यस कार्यले थप हौसला प्रदान गरेको छ’ ।

त्यस्तै सोही वडाको पोखरी भञ्ज्याङमा रहेको जनजागृती गंगा विद्यालयमा अध्यनरत २० जना विपन्न वर्गका विद्यार्थीलाई सुईटर वितरण गदै वडा अध्यक्ष लेखबहादुर रानाले युवाहरुको सामाजिक कार्यले विद्यार्थीको पठनपाठनलाई थप हौसला मिलेको बताए । कार्यक्रममा व्यास युवा परिषद्का अध्यक्ष गौरव पन्थ, जनजागृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर बि.क. , जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणी कोईराला र बाल कल्याण प्राथमिक विद्यालयका पदाधिकारीले क्लबका सदस्यहरुले आफ्नो खाजा खर्च काटेर यस विद्यालयका बिद्यार्थीहरुलाई जाडोका कपडा बितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा क्लबका पदाधिकारीहरु रितेश गुरुगं, रवि भुजेल, पुजा बसौला, सुरक्षा वाग्ले, सुजित खनाल, सुनिता गुरुगं, अर्चल गिरी, सुमन थापाको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रम क्लवका अध्यक्ष जोहर अलि मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Show More

Related Articles

Back to top button