Uncategorizedजीवनशैली

कोरोना लागेको भोलीपल्ट निधन

तनहँुमा कोरोना संक्रमण बाट थप एक जना महिलाको मुत्यु भएको छ । मुत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । ती महिला भदौ २४ गते काठमाडौस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । उनि मुटु सम्बन्धी समस्याको भदौ २० गते अस्पतालमा भर्ना भएकी थिईन भने भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगेपनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौ रिफर गरिएको थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास नगरपालिका–२ की २० वर्षीया युवतीको काठमाडौमा र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौमा निधन भएको थियो ।

त्यस्तै आईतबार तनहँुमा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका चार पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका(४ का ४३ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय पुरुष, वडा नं ६ का २५ वर्षीया महिला, वडा नं १ का २० र २९ वर्षीय पुरुषमा कोरोनासङ्क्रमण पुष्टि भएको छ । तनहँुमा हाल सम्म कोरोना संक्रमीत संख्या तीन सय २५ पुगेको छ ।

जसमा सबै भन्दा धेरै भानु नगरपालिकामा रहेको छ । हाल सम्म तनहँुमा दुई सय २६ जना संक्रमीत निको भई घर फर्किएका छन् । अहिले तनहँुका आईसोलेसनमा एक सय ६ जना संक्रमीतको उपचार भईराखेको छ । हाल सम्म सात हजार एक सय ६ जनाको स्वांब संकलन गरिएको छ जसमा ६ हजार चार सय ५३ जनाको नभेटिभ आएको छ भने तीन सय २५ जनाको पोजेटिभ र तीन सय २४ जनाको रिर्पोट आउन बाँकी रहेको छ । घिरिङ र ऋषिङ गाँउपालिकामा सक्रीय संक्रमीत संख्या शुन्य रहेको छ ।

Show More

Related Articles

Back to top button