Uncategorizedजीवनशैली

एकै दिन ३५ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले फरार रहेका ३५ प्रतिवादीलाई एकदिन पक्राउ गरेको छ । विभिन्न मुद्दाहरुको सजाय नभोगि फरार रहेका ३५ जना फरार प्रतिवादीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु ठगी,बहु विवाह,नागरिकता किर्ते,वन,सार्वजनिक अपराध तथा देवानी मुद्दामा परि जिल्ला अदालत बाट फैसाल भई रु दुई सय देखि दुई लाख सम्म जरिवारना हुने गरि सजाय तोकिएका ३४ जना र बहु विबाह मुद्दामा एक वर्ष ३ महिना कैद र पाँच हजार जरिवाना बाँकी रहि फरार रहेका प्रतिवादीले विभिन्न ईलाका प्रहरीहरु मार्फत आईतबार नै पक्राउ गरेको हो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो सयम फरार प्रतिवादी प्रकाउ अभियानलाई तिब्रता दिएको छ । असार यता जिल्लाका एक सय ७ जना फरार प्रतिवादी प्रकाउ परेका छन् । पक्राउ परेकाबाट जरिवाना स्वरुप १८ लाख बढी राजस्व संकलन भएको छ । ४९ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई प्रकाउ गरी जरिवाना स्वरुप १८ लाख १९ हजार ६ सय पाँच रुपैयाँ राजस्व उठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल आएपछि फरार फरार रहेका प्रतिवाद धमाधम प्रकाउ भईरहेका छन् । असार ८ गतेदेखी कार्यभर सम्हालेको एपसी पौडेल तनहुँ आएको ७२ दिनमा ७२ जना नै फरार अभियुक्त पक्राउ गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

असारमा नौ जना, साउनमा ४५ र भदौ २७ गते सम्म ५३ जना गरेर एक सय ७ जना फरार अभियुक्त पक्राउ गरेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रकाउ पर्नेमा २१ बर्षदेखी फरार रहेका छन् । जनप्रतिनिधीलाई समेत प्रहरीले प्रकाउ गरेर कारागार चलान गरेको छ । विभिन्न मुद्धामा दोषी ठहरिएका निस्फिक्री हिड्दा समाजमा गलत सन्देश प्रवाह हुने र सर्वसाधरणले प्रहरी प्रशासनप्रतिको विश्वास कम हुने भएकाले धमाधम प्रकाउ गरेको उनले बताए । चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागू औषध, बैकिंङ कसुर लगायत मुद्धामा फरार अभियुक्त समयमा पक्राउ गरेको तिमिल्सिनाले जानकारी दिए । दण्डहिनताको भावाना नहोस् र ढिलै भएपनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश प्रवाहाका लागी फरार रहेकालाई प्रकाउ गर्ने अभियानलाई तीब्रता दिइएको एसपी पौडेलले बताए ।

Show More

Related Articles

Back to top button