हेडलाईनUncategorized

कोरोना र सलहको त्रास : किसानलाई कामकै चटारो

सविन लामिछाने

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकार लडिरहेको छ । कोराना भाइरस फैलन नदिनको लागि सरकारले गत चैत देखि जारी गरेको लकडाउनले नेपालको कृषि क्षेत्र पूर्ण रुपमा प्रभावित बनेको छ । कोरोनाको त्रासका बीच पनि खेती गर्न तम्सिएका तनहँुका किसानहरुमा थप नयाँ चुनौती थपिएको छ । चैतमा लगाएको धान भित्राउने बेला र रोपाई गर्ने बेलामा कुन बेला सहल किरा आएर सखाप पार्छ भन्ने चिन्ता किसानहरुलाई छ । कोरोना भाईरसको डर सँगै बसेका तनहँुका किसानहरुलाई रोपाईको बेलामा मलको समस्या झेल्दै आएकालाई अहिले सहलको डर पनि थपिएको छ । हाल सम्म तनहँुमा सलह नदेखिए पनि कतै बाट आए अन्नबाली सखाप पार्छ कि भन्ने चिन्नत किसानहरुको छ । विभिन्न समस्या र चूनौतीको सामना गदै तनहँुका कृषकहरुले धान दिवस मनाएका छन् । तनहँुको चुँदी, साँगे फाँट, सत्रसय, तालघरे फाँट, घिरिङ र भिमाद फाँटमा रोपाई भईराखेको छ ।

यो वर्षको रोपाईमा किसानहरुले मलको अभाव झेल्नु परेको किसानहरुले गुनासो गरेका छन् । व्यास ६ बाहबिसेकी अन्जु श्रेष्ठले रोगले भन्दा पनि भोक मरिन्छ की भन्ने चिन्ता रहेकाले रोपाई गर्न तम्सिएको बताईन् । उनले भनिन्, ‘कोरोनाको डर त छ नि के गर्नु रोगले भन्दा यहाँ भोकले मरिन्छ कि भन्ने डर बढी भयो । ’ त्यस्तै व्यास ५ रानीटारीकी सिता गुरुङले सलहको डरले चैते धान भित्राउनको चटारो परेको बताईन् । उनले भनिन, ‘सलह किरा आएको भन्ने सुनिन्छ, त्यही डरले धान भित्राउन थालेका छनैं । ’आज सम्म तनहँुमा ३० देखि ४० प्रतिशत सम्म रोपाई भएको कृषि ज्ञान केन्द्र तनहँुले जनाएको छ । तनहँुमा रामधान, सावित्री,सुख्खा २ र ३ धान लगाएका छन् ।

कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले नियमित रुपमा पानी परेकाले अहिले कृषकहरुले चाडै नै रोपाई सुरु गरेको बताए । उनले भने, ‘ तनहँुमा नियमित रुपमा पानी परेको हुनाले कृषकहरुले चाडै रोपाई सुरु गरे । गत वर्षको भन्दा अहिले चाडै रोपाई सकिन्छ । ’अहिले किसानहरुलाई मलको अभाव भएपनि खेतलाको कमी नभएको उनले बताए । उनले भने,‘लकडाउनको कारण अहिले रोपाईमा खेतलाको कमी देखिएको छैन । ’

कृषिप्रधान देश भएकोले पनि सरकारले असार १५ लाई धान दिवसको रूपमा मनाइरहेको छ। खुसीका साथ आज असार १५ लाई धान दिवस मनाइरहेका छौं। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा छ। रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परा छ।

नेपाल ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो। खाद्यान्न निर्यात कम्पनीले उब्जनी निर्यात गरेर सरकारलाई राम्रै राजश्व बुझाउँथ्यो। आज नेपालको स्थिति खाद्यान्न आयातले भारत, चिन, जापान, चिन र इटाली जस्ता देशसंग व्यापार घाटा बढ्दो छ। नेपालका ९६ प्रतिशत धानका बिउ समाप्त भए तर ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैंकमा छ भनेर सरकारी डाटाले भन्छ। नेपालमा मौलिक रैथाने चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ् केहि हाम्रा मौलिक रैथाने धानहरु मासिदै गएका छन्।

खेति गर्ने समयमा किसानले मल बिउ पाएका छैन्। सिचाईको अभाव पनि जतात्यहि उस्तै छ्। किसानलाई मल बिउ बितरणदेखि खेतिपातीको समयमा विशेषज्ञहरु उपलब्ध गराऊ आवश्यक छ ।। यूवाहरुलाई देशकै कृषिमा रोजगारी दिएर उनीहरुलाई कृषिमा लाग्न पोत्साहन दिने हो भने नेपालमा मात्र होइन अन्य देशमा पनि हाम्रा उत्पादनहरु निर्यात गर्न सकिन्छ्। नेपाल तमोभुमी देबभुमी र मातृभुमीमा देशमा अर्गानिक खेति उत्पादन गरि स्वदेशमा नै रोजगारी सिर्जना गर्न आवश्यक देखिन्छ ।

Show More

Related Articles

Back to top button