हेडलाईनUncategorized

स्वच्छ वातावरण निमांणको लागि टोल टोलमा डस्टबिन

दमौली

डिभिजन बन कार्यालय तनहँुले जिल्लालाई स्वच्छ वातावरण बनाउनको लागि विभिन्न कार्यक्रम सहित अघि बढेको छ । गत वर्ष देखि नै जिल्लालाई स्वस्च्छ वातावरण बनाउन तर्फ लागेको यस कार्यालयले यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको छ । कार्यालयले स्थानिय स्तर बाटै स्वच्छ वातावरण अभियान कार्यक्रम सुरु गरेको छ । यसै बीच मंगलबार डिभिजन वन कार्यालयले व्यास ४ स्थित कृष्णपुर विरता टोलमा डस्टबिन र कपडाको झोला वितरण गरको छ । टोलमा डस्बिन र झोला प्रदान गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले वातावरणको प्रदुषण नियन्त्रणको लागि यस्तो विकल्प ल्याईएको बताए । उनले भने, ‘प्रदेश सरकारको समन्वयमा एक लाखको बजेटबाट योजना ल्याईएको हो ।”

प्लाष्टिक झोलाको प्रयोगले मानवीय स्वास्थमा असर पु¥याउनुका साथै वातावरणीय प्रदुषण बढाएको भन्दै सो को निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्ने उनले बताए । डिभिजनका प्रमुख बरालले प्लाष्टिक झोलाको प्रयोगको अवस्था, यसले पु¥याउने असर, वैकल्पीक उपायका बारेमा प्रकाश पार्दै प्लाष्टिक झोलाको निषेधमा जोड दिंदै प्लाष्टिकको विकल्पमा झोला प्रवद्र्धनमा पनि सचेतना फैलाउनु पर्ने बताए । उक्त टोललाई २० वटा डस्बिन र ५० थान प्लाष्टिकको झोलाको विकल्पको रुपमा कपडाको झोला वितरण गरिएको उनले जानकारी दिए । वितरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद सरीता गुरुङले वन कार्यालयको कार्य सहनीय रहेको बताईन् । वन कार्यालयले अघि तनहँुको स्थानिय तहको विभिन्न टोलमा डस्बिन वितरण गदै आईराखेको छ ।

Show More

Related Articles

Back to top button