विचारUncategorized

शुक्लागण्डकीमा एउटै टोलका १३ जनामा कोरोना

जिल्लाको शुक्लागण्डकी नगरपालिकाको एउटै टोलका १३ सहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा नगरपालिका भित्र बसोबास गर्ने १७ जनामा संक्रमण भेटिएको हो । विवरण अनुसार शुक्लागण्डकी नगरपालिका वडा नं ५ को ज्ञानज्योती टोलका १३ जना लाई कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । गत भदौ २६ गते शुक्लागण्डकी ५ का ५९ वर्षीय सुनचाँदी व्यवसायीमा संक्रमण भेटिए पछि उनका परिवारका दुई घरका व्यक्तिलाई होम क्वारेन्टिनमा राखेर नमूना संकलन गरिएको थियो ।

उनको सम्र्पकमा आएका रिपोर्टमा पाँच जनामा संक्रमण पुष्टि भयो । त्यसलगत्तै पुन कन्टयाक टेसिङ गर्दा दुई परिवारका १३ जना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनले भने,‘पाँच नं वडाका सबै संक्रमीत एउटै टोलका हुन्, सबै संक्रमीतको घर एक आपसमा टाँसीएको छ । ’ उनले थपे,‘ संक्रमीत छिमेकीको सम्र्पकमा आएकाले धेरै संक्रमीत फेला परेका हुन् । संक्रमितमा नौ वर्षकी बालिकादेखि ५७ वर्षका वृद्ध पनि रहेका छन् ।

उक्त यस अघि नै सिल गरिएको थियो । तर टोलि बासी सावधानी नअपनाएको हुनाले संक्रमण फैलिएको बताईएको छ । टोलको नौ महिला ४ पुरुषमा यसपाली संक्रमण भेटिएको हो । त्यस्तै नगरपालिकाका ६ र ११ नम्बर वडाका ४२ र ३५ वर्षका पुरुष भारतबाट बिदामा आएका गोर्खा सैनिक रहेको खुलेको छ । भारत बाट आए लगतै उनीहरु होम क्वारेन्टिनमा थिए । यसैबीच वडा नं १० को प्रहरी बिटमा खटिएका एक प्रहरीमा पनि संक्रमण पुष्छि भएको छ। वडा नं ५का संक्रमीतको सम्र्पकमा आउने स्वांब संकलन गर्ने क्रममा उनको नमूना शंकलन गरेर पठाइएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

Show More

Related Articles

Back to top button