Uncategorizedपत्रपत्रिकाबाट

कोरोना परीक्षणका लागि जिल्लामै ल्याब बनाइने तयारी

दमौली खबर सम्बाददाता
जेठ २९ दमौली,तनहुँका स्थानीय तहको लागत सहभागितामा पिसीआर उपकरण खरिद गरिने भएको छ । बिहिबार म्याग्दे गाउँपालिकामा बसेको स्थानिय तहका प्रमुखहरुको वैठकले उक्त निर्णय गरेको हो । बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको हो ।  दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसीआर परीक्षण गर्न पोखरा पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो । उपकरणको खरिदको लाई १० वटै स्थानीय तहले प्रतिशतका आधारमा लागत बेहोर्ने भएको छ भने खर्च एक करोड लाग्ने जनाइएको छ ।

जस अनुसार शुक्लागण्डकी नगरपालिकालाई १४ प्रतिशत , व्यास नगरपालिकालाई र भिमाद नगरपालिकालाई १२ प्रतिशत, म्याग्दे गाँउपालिकालाई आँबुखैरेनी गाँउपालिका, बन्दिपूर गाँउपालिका, ऋषिङ गाँउपालिका र घिरिङ गाँउपालिकालाई ९ प्रतिशत र देवघाट गाँउपालिकालाई ५ प्रतिशत लागत व्यहोर्ने भएको छ । उपकरण खरिद र ल्याब स्थापना गर्नका लागि जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरेर सङ्घ तथा प्रदेश सरकारसँग दक्ष जनशक्ति माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।पि.सी.आर परीक्षणका लागि जिल्लामा सङ्कलन गरिएका स्वाबको रिपोट पोखरा पठाउदाँ चार पाँच दिनमा मात्र आउने गरेको छ, उनले भने, “बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत कारण बढी खर्च लाग्ने र ढिलोगरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन उपकरण खरिद गरि ल्याब स्थापना गर्ने निर्णय गरिएको हो । सिमा क्षेत्रबाट उद्धार गर्न सुरु गरिए पछि तनहँुका क्वारेन्टाईन भरिन थालेका हुन् । क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको नमुना संकलन गरेर कास्कीको पोखरामा पठाउदाँ ढिलो रिर्पोट आउदाँ क्वारेन्टाई भरिएको हो । जिल्लामा सङ्कलन गरिएका स्वाबको पिसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एक जनाको सात हजार सम्म खर्च हुने गरेको व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले जानकारी दिए । जिल्लामा एक जनाको आरडिटी गर्दा रु चार सय देखि पाँच सय खर्च हुने गरेको जनाइएको छ । नगरप्रमुख न्यौपानेले भने, “ यहि उपकरण भएमा छिटो रुपमा रिर्पोट आउन्छ ।

” जिल्लामा पिसीआर ल्याब स्थापना गर्न रु एक करोड सम्मको उपकरण खरिद गर्न पाइने जनाइएको छ । त्यस्तै नेपाल सरकारले तोकेको मापढण्ड बमोजिमको पि.सि आर मेसिन खरिद गरि आवश्यक पूर्वधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिईएको छ । पि.सि. आर टेस्टको प्रयोगशाला जि.पि कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतरामा राखिने भएको छ । हाल सम्म तनहँुमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । उनिहरुको स्वास्थ्य स्थिती भने सामान्य रहेको जनाईएको छ । गत जेठ १८ गते ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुष र जेठ २३ गते ३९ र ४० वर्षीय पुरुषमा कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुलाई जेठ १० गते नेपाल–भारत सिमाक्षेत्रबाट उद्धार गरी जिल्ला ल्याइ स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिएको थियो । यस्तै, जिल्लाका १० वटै स्थानीय तहले तयर गरेको क्वारेन्टिनमा विहिबार सम्म ६७८ जनालाई राखिएको छ । जसमध्ये भानुमा ३५, व्यासमा १९९, शुक्लागण्डकीमा ४६, भिमाद नगरपालिकामा ५३ जनालाई राखिएको छ । म्याग्दे गाउँपालिकामा ६८, घिरिङमा ९०, रिसिङमा १४१, देवघाटमा १५, बन्दीपुरमा २१ र आँवुखैरेनीमा १० जनालाई क्वारेन्टिनमा राखिएको छ

Show More

Related Articles

Back to top button