समाचार

किसानका योजनामा सामुदायिक भवन धेरै

तनहुँ क्षेत्र नम्बर १ का संघिय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा बजेट विनियोजन भएका योजना सुची सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा तनहुँ १ का पाँच स्थानीय तहमा सञ्चालन हुने ३० योजना मध्ये करिब १३ वटा योजना सामुदायिक भवन निर्माण सम्बन्धि छ । भवनपछि सडकलाई श्रेष्ठले प्राथमिकता दिएको सार्वजनिक योजनाको सुचीले पुष्टी गर्दछ ।

३० भन्दा बढी योजनामा बजेट विनियोजन गर्न नपाईने भएकाले एउटै योजनामा धेरै टुक्रे योजनालाई गाभेर श्रेष्ठले बजेट विनियोजन गरेका छन् । चार करोड रुपैयाँको योजना सञ्चालन हुनेछ । तीन करोड ९६ लाख ६० हजार रुपैयाँ बजेट योजनाका लागी विनियोजन गरिएको छ भने तीन लाख ४० हजार रुपैयाँ जिल्ला समन्वय समितिको प्रशासनिक खर्चमा छुट्याईएको छ । किसानले सबैभन्दा धेरै व्यास नगरपालिकाका ९ योजनालाई एक करोड २७ लाख ४० हजार रुपैयाँ विनियोजन गरेका छन् । भानु नगरपालिकामा सञ्चालन हुने ८ योजनामा एक करोड १७ लाख रुपैयाँ, बन्दीपुर गाउँपालिकाका चार योजनालाई ४७ लाख रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाका ५ योजनालाई ५० लाख रुपैयाँ र देवघाट गाउँपालिकाका ४ योजनालाई ५५ लाख रुपैयाँ विनियोजन भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

व्यवसायिक पृष्ठभूमीका सांसद श्रेष्ठ आफु निर्वाचित भएयता पाउने तलबभत्ता विभिन्न सामाजिक संघसंस्थालाई उपलब्ध गराएर जनताको मन जित्न सफल छन् । चालु आर्थिक बर्षमा सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा व्यास नगरपालिकाको सहिद निर्मल रानाभाट स्मारक बहुउद्देश्यीय अधुरो भवन निर्माणमा १० लाख रुपैयाँ, लालीगुराँस आमा समूह, ठूलोगाउँ भवन निर्माण र तालघरे सामुदायिक अधुरो भवन निर्माणमा १५ लाख रुपैयाँ, सिर्जना टोल पहिरो नियन्त्रण, नन्दलाल शर्मा, सिर्जना श्रेष्ठ सहित र सिन्धुसेवा समाज गुठी कम्पाउण्ड निर्माणलाई १७ लाख ४० हजार रुपैयाँ, विलौनी खेलकुद मैदान तथा गाडापानी बाराही मन्दिर निर्माणका लागि १५ लाख रुपैयाँ, भ¥याङ्दी मोटरमार्ग स्तरोन्नति तथा कजवे निर्माणमा १० लाख रुपैयाँ, दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाको भवन निर्माण गर्न १५ लाख रुपैयाँ, छिर्कने सामुदायिक कृषि भवन निर्माणमा १५ लाख रुपैयाँ, गोल्ला छाब्दी मोटरमार्गलाई १५ लाख रुपैयाँ र थानीमाई मन्दिर तथा खेलकुद मैदान निर्माण एवम कुलुङ पर्यटन पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

भानु नगरपालिका अन्र्तगत सतिघाट बाटो तथा ट्रष्ट निर्माणमा १० लाख रुपैयाँ, नुरी मदर्सा अधुरो भवन निर्माण, तमुसेवा समाज तथा निर्जला महिला समूह, तामाङ, मगर समाज, पहिरो नियन्त्रणका लागि १८ लाख रुपैयाँ, ममता आमा समूह भवन तथा खातीथोक क्रिस्को मण्डली तामाङ गाउँ भवन निर्माण गर्न १० लाख रुपैयाँ, रनपले, बरभञ्ज्याङ स्वामीचौतारा सडक स्तरोन्नती, नाला निर्माण, एवम सरस्वती सदन माविका लागि एकमुष्ठ २० लाख रुपैयाँ, विरुवाटार ताल्वेइलमा मदर्सा तथा आहाले सामुदायिक भवनका लागि ११ लाख रुपैयाँ, लभ्राक, देउराली, आहाले, बगालेगाउँ, मन्टेहटिया सडक स्तरोन्नती तथा बलिफाँट खानेपानीका योजनालाई १६ लाख रुपैयाँ, मानेचौका राइपाली मोटरमार्ग स्तरोन्नतीका लागि १५ लाख रुपैयाँ र मानेचौका टुहुरेपसल ढाडखोला मोटरमार्ग र सूर्योदय गाउँवेशी आमा समूहलाई १७ लाख रुपैयाँ विनियोजन भएको छ ।

बन्दीपुर गाउँपालिकाको सिकेविके क्याम्पसको अधुरो भवन निर्माणार्थ १० लाख रुपैयाँ, आठविसे कुलो मर्मत योजनालाई १० लाख रुपैयाँ, सयपत्री आमा समूह भवन सभाहल र शौचालय निर्माण तथा तिलाहार रेलिङ र पदमार्ग निर्माण गर्न १५ लाख रुपैयाँ, खड्गदेवी आमा समूहको अधुरो भवनलाई १२ लाख रुपैयाँ विनियोजन भएको छ । आँबुखैरेनी गाउँपालिका अन्तर्गतको मित्रता युवा क्लव खेलमैदान, ताओ गुम्बामा सार्वजनिक शौचालय, चण्डेश्वरी आधारभूत विद्यालय कम्पाउण्ड निर्माण, लाब्दी भोटेश्वाँरा हिलेखर्क मोटरमार्ग स्तरोन्नती र प्युघर गुम्बा अधुरो भवन तथा छिम्केश्वरी लाब्दी महिला विकास समूहको भवन निर्माणमा १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ । देवघाट गाउँपालिकास्थित कछाड क्षेत्र ग्रामीण मोटरमार्ग र फिदिमश्वाँरा मोटरमार्ग र काफलस्वाँरा मोटरमार्गलाई १०÷१० लाख रुपैयाँ र गाईघाट बगन्डी गाउँ जाने बाटो तथा देउपुर सामुदायिक टोल विकासको अधुरो भवनलाई २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

Show More

Related Articles

Back to top button