समाचारस्वास्थ्य

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

दमौली खबर संवाददाता

विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन ।

कोरोना भाइसबाट सुरक्षित हुनका लागि तनहुँका सय जना बढी पत्रकारहरुलाई विश्व प्रेस दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघका अध्यक्ष उज्वल पौडेलले बताए । साथै कोभिड १९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही र स्वास्थ्य सुरक्षामा पहिलो प्रथामिकतामा राखी पेशागत कर्तव्य पूरा गर्न पत्रकार महासंघ तनहुँ शाखाले अपिल समेत गरिएको छ ।

Show More

Related Articles

Back to top button