समाचार

आलुको उत्पादन बढाउन किसानलाई अनुदानमा बिऊ

आलकोु उत्पादन बढाएर किसानलाई आत्मानिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा विउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २ सय किलो विउ आलु वितरण गरिएको हो । जनकदेव र एमएस ४२ जातको आलुको विउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम छ । उक्त कार्यक्रमलाई सघाउन संघिय सरकारले यो बर्षदेखी साझेदारीमा राष्ट्रिय मसला तथा आलु वाली बिकास कार्यक्रम अन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालनार्थ २४ लाख रुपैयाँ बजेट पठाएको कृषि तथा आर्थिक बिकास शाखा प्रमुख नवराज पण्डितले बताए । कृषकले साढे १६ लाख रुपैयाँ व्यहोर्ने गरी ४१ लाख रुपैयाँको कार्यक्रम सुरु भएको उनले जानकारी दिए ।

‘विउबिजनको लागी कृषकसंग ५० प्रतिशत साझेदारी भएको छ’, पण्डितले भने, ‘तालिम र प्राविधकि ज्ञान पुर्ण निशुल्क दिनेछौँ ।’ आधुनिक यन्त्र उपकरणमा अनुदानको व्यवस्था गरिएको उनले बताए । कार्यक्रमले आलु उत्पादन बढाएर आयात घटाउने पण्डीतको भनाई छ । गतबर्ष पनि यो वडामा उलेख्य मात्र आलु उत्पादन भएको थियो । यसपाली त झन सरकारले नै आलु खेतीमा सघाएपछि किसानहरु उत्साहित भएको बताउँछन् । सामुहिक र व्यक्तिगत तरिकाले आलु खेती गरेका छन् । ‘हेपिएको कृषिलाई सरकारले प्राथमिकता दिनु सकरात्मक पक्ष हो । विउबिजन र यान्त्रिकिकरणमा पाएको अनुदानले हामीलाई उत्साहित बनाएको छ’, उनले भनिन्, ‘अब उत्पादन भएको आलुको बजार र मुल्यको ग्यारेन्टि गरिनुपर्छ ।’

गतबर्ष उत्पादित आलुले बजार नपाएर सस्तो मुल्यमा बिक्री गरेको पिडा उनले सुनाईन् । ‘त्यतिबेला सस्तोमा बेच्दा श्रमको मुल्य पनि उठेन । कोल्ड स्टोर भईदिएको भए त्यहाँ राखेर मुल्य राम्रो पाएको समय बिक्री गर्न पाइन्थ्यो’, उनले अगाडी थपिन्, ‘आलु उत्पादन बढाउन अनुदान दिएर मात्रै पुग्दैन् । बजार, मुल्य र लामो समयसम्म राख्नलाई कोल्डस्टोरको चाहिएको छ।’ कोल्डस्टोर निर्माणका लागी संघिय सरकारले एक करोड रुपैयाँ बजेट पठाएकाले याो बर्ष निर्माण सम्पन्न हुने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । ‘यही आर्थिक बर्षमा कोल्डस्टोर सञ्चालन गर्नेछौँ । अहिले किसानले लगाएको आलुलाई कोल्डस्टोरमा राख्नेगरी बनाउने लागेका थियौँ । कोरोनाले गर्दा प्रभावित भएको छ’, उनले भने, ‘तर पनि वडाका किसानले उत्पादन गरेको आलु कोल्डस्टोरसम्म पु¥याउन ढुवानीको व्यवस्था गर्नेछौँ ।’ कोल्डस्टोरमा लैजाने आलु ढुवानीका लागी दुई लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

Show More

Related Articles

Back to top button