समाचार

६ महिना भित्रै प्रदेशवासी सबैलाई निशुल्क खोप : मुख्यमन्त्री पोख्रेल


दमौली खबर संवाददाता


भदौ ४, दमौली ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले ६ महिना भित्रै प्रदेशवासी सबैलाई खोप दिने विश्वास व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले जिल्लाका कार्यालय प्रमुखसँग दमौलीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । दुई वर्ष देखि रहेको कोरोना भाईरसबाट आतंकित भईरहेको बताउदै उनले कोरोनाको जोखिमबाट बाहिर ल्याउनु नै मूलमन्त्र भन्दै सरकारले ६ महिनाभित्र सबैलाई खोप दिनेमा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘प्रदेशबासीलाई निशुल्क खोप उपलब्ध गराउन हामीले बजेट समेत व्यवस्था गरेका छौं,’खोप किन्नको लागि केन्द्रिय सरकार सँग समन्वय गरि अबको ६ महिला भित्र सबैलाई खोप उपलब्ध गराउछौं । ’दुई वर्ष देखि कोभिड सँग लड्दै गर्दा प्राकृतिक प्रकोपबाटनी ठूलो क्षती भएको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले विपद् समस्या परेका नागरिकलाई घर बनाउन तथा पूर्वाधारको मर्मतका लागि सबै जिल्लामा सहयोग गरेको भन्दै विपद्को अवस्थामा कुनै पनि कसर बाँकी नराख्ने समेत दाबी गरे । स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारबीच समन्वय आवश्यक रहेकामा जोड दिँदै उनले प्रदेश सरकार सँग सीमित सोत्र साधन मात्र रहेकाले सबै सँग हातेमालो गदै जनताको जवलन्त समस्या समाधान गर्न खोजेको बताए । मुख्यमन्त्री पोखरेलले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई पारदर्शी र छिटो र छरियो ढङ्गबाट काम गर्न निर्देशन दिए । कार्यक्रममा उनले प्रतिपक्ष दलले आरोप लगाएजस्तो आफ्नो सरकारले पुराना योजना नकाटेको बताउदै पहिलेको सरकारले थालनी गरेको राम्रो कार्यलाई निरन्तरता दिएको बताए ।

उनले उज्यालो प्रदेश, एक घर एक धारा, विश्वविद्यालय बनाउने, प्रदेश प्रशिक्षण तथा संसद भवन बनाउने मेगा प्रोजेक्ट जस्ता विगतका कार्यलाई निरन्तरता दिइएको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दमौली अस्पतालको स्थरउन्नतीको लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाकाको बस्तु स्थितीको बारेमा जानकारी गराउदै विभिन्न भागमा परेका विपद्का समयमा प्रशासनमार्फ प्रदेश सरकारबाट सहयोग भएको बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले,पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना लगायतले बोलेका थिए । यसैबीच मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको सक्रियतामा व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा निर्माणधीन अवस्थामा रहेको पुलको अवलोकन गरेको छन् । गत असार १७ मा बाढीले बगाएको पक्कीको पुलको सट्टामा मस्र्याङ्दीमा रहेको बेलिब्रिज जडानका गर्न लागिएको थियो ।

मस्र्याङ्दी नदीले निकाल्दै गरेको बेलिब्रिज बगाएपछि पुल निर्माण काम प्रभाविति भएको छ । भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार नगरपालिका–५ नयाँबजार जोड्ने बेलिब्रिज मंगलबार राति नदीले बगाएको थियो । सडक विभाग सँग समन्वय गरि निर्माण पुल निर्माण कार्यलाई अगाडी बढाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका छन् । सोही दिन काँगे्रसको पार्टी कार्यालयमा उनले कार्यकर्ता सँग भेटघाट पनि गरेका थिए ।

Show More

Related Articles

Back to top button