सिद्धेश्वरी माध्यमिक विद्यालयमा बधाई कार्यक्रम सम्पन्न
<span;>व्यास नगरपालिका वडा नम्बर १२ स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारीमा २०८१ सालमा एसइइ परीक्षामा पास हुने विद्यार्थी र विद्यार्थीका अभिभावकलाई अबिर,फुल माला र खादासहित सम्मान गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापा, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुर्खाली द्वारा सम्मान गरिएको हाे । साथै सम्पूर्ण शिक्षकहरू र विद्यार्थीहरूले बधाई दिनुभएको थियो। यसै वर्ष एसइइमा १०जना सहभागी भएकोमा १० जना नै राम्रो जिपीए ल्याउन सफल भएका छन्। भने ग्रेड वृद्धितर्फ नौ जना पास भएका छन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले शिक्षक ,विद्यार्थी र अभिभावकको मेहनतबाट यो नतिजा आउन सफल भएको बताउनुभयो। साथै आउँदो वर्षहरूमा पनि यसैगरी अझै राम्रो नतिजा ल्याउन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ,विद्यार्थी, अभिभावक र शिक्षक लाग्नुपर्ने बताउनुभयो। कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र जिसीले गर्नुभएको थियो।


