समाचार

भीमादमा विशाल लाखेनाच प्रतियोगिता हुने प्रताप सिंह अधिकारी

<span;>संस्कृति संरक्षण र नयाँ पुस्तालाई लाखे नाच सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ  तनहुँको भीमाद बजारमा विशाल लाखेनाच प्रतियोगिता हुने भएको छ । नेवा देय दबु गण्डकी प्रदेशको आयोजनामा आगामी भाद्र १४ गते राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।
<span;> नेवारी समुदायको परम्परागत पहिचान बोकेको लाखे नाचलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भिमाद नगरपालिका–६ स्थित भिमाद रङ्गशालमा प्रतियोगिता गर्ने निर्णय गरिएको मुख्य समारोह संयोजक एवं नेवा देय दबु गण्डकी प्रदेशका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले बताउनुभयो । सांस्कृतिक चेतना फैलाउने र युवापुस्तालाई आफ्नै मौलिकताको महत्व बुझाउने मुख्य उद्धेश्यले प्रतियोगिता गर्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो “संस्कृति भनेको हाम्रो पहिचान हो,हाम्रा पुर्खाले छोडेर गएको सम्पत्ति हो। संस्कृति जोगाउनु हाम्रो जिम्मेवारी भएकोले ठुलो धनराशीको प्रतियोगिता गर्ने निर्णय गरेका हौं ।
<span;>प्रतियोगितामा प्रथम  हुनेलाई  नगद १ लाख ११ हजार रुपियाँ दोस्रो पुरस्कार ६१ हजार,  अन्य सात उत्कृष्ट टोलीलाई जनही रु.दश हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ। धेरैभन्दा धेरै सहभागी जुटाउन प्रचारप्रसारलाई तीव्रता दिएको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Back to top button