हेडलाईनसमाचारAll

म्याग्दे गाउँपालिकाद्धारा हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर १४ गते । तनहुँको एक पालिकाले हलगोरु पाल्ने कृषकलाई दश हजार रुपियाँ अनुदान दिने भएको छ । यस्तो अनुदान प्रदान गर्ने निर्णय गर्नेमा म्याग्दे गाउँपालिका रहेको छ ।
गोरु पालेर अरुको खेतबारी जोतेर जीवन यापन गर्ने कृषकलाई जीवन यापनको लागि सहज बनाउन अनुदान दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । ट्याक्टर, हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकको रोजीरोटीको संरक्षण गर्नको लागि अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो  । गाउँपालिका क्षेत्रमा हलगोरु पाल्ने किसानको तथ्याङ्ग संकलन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कार्यालयले यस चालु आर्थिक बर्षमा हलगोरु पाल्ने किसानको लागि रु.दश लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो  ।
गाउँपालिका कार्यालयले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो त्यसैगरी गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १० रुपियाँ अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । यसअघि गाउँपालिकाले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदैआएकोमा कृषकलाई उत्साहित बनाउन सहकारी आबद्व भएका दुग्ध किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
Show More

Related Articles

Back to top button