समाचारAll

रेडक्रस तनहुँको जिल्ला अधिवेशन दमौलीमा सुरु सभापति प्रा.डा.कृष्णप्रसाद गौतम सर्व सम्मत चयन

दमौली खबर संवाददाता
नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाको ४० औँ बार्षिक साधारणसभा  तथा १३ औ जिल्ला अधिवेशन दमौलीमा शनिवारबाट सुरु भएको छ ।
उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्लेले एक कार्यक्रमका बिच उद्घाटन  गर्नुभयो । उद्घाटन गर्दै वाग्लेले  रेडक्रस समाजिक संस्था भएकोले सहमतीबाट नयाँ नेतृत्व छान्न व्यवहारीक हुने बताउनुभयो । मानवताको सवाल कमजोर भएको समयमा रेडक्रसको महत्व झनै बढ्दै गएको वाग्लेको भनाई थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सभापति सुर्य प्रसाद ढकालले रेडक्रसको केन्द्र कमजोर भएपनि जिल्ला शाखाहरु सवल बन्न सक्षम नेतृत्व  चयन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, प्रा. डा. कृष्णप्रसाद गौतम, रडक्रस तनहुँ शाखाका पूर्व सभापतिहरु ध्रुवलाल प्रधान, रामनाथ भट्टराई, परशुराम गरी र उदयराज गौली, व्यास, ने लगायतले रेडक्रसले विपतको समयमा निर्वाह गर्नु पर्ने निर्वाह कुशलता पूवर्क निभएकोले यसको गरिमा विश्वभर कामय नै रहेको बताउनुभयो ।  कार्यक्रमको अवसरमा व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठलाई सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै सम्मान गरिएको हो ।  त्यस्तै उत्कृष्ट शिक्षक नायकको तर्फबाट मित्रता माविका शिक्षक हरिभक्त अधिकारी, त्यस्तै उत्कृष्ट उपशाखाबाट दुम्सीकोट उपशाखा व्यास १० सम्मानित भएको हो । यसैबिच गण्डकी प्रदेश स्तरीय चित्रकला प्रतियोगतामा प्रथम स्थान हासिल गर्ने रामशाह माविका सुरेश अर्मललाई रु ३ हजार नगद सहित पुरस्कृत गरिएको हो ।  निवन्ध प्रतियोतिामा द्धित्तिय स्थान हासिल गर्ने सत्यवती माविका विपिन श्रेष्ठलाई रु २ हजार सहित सम्मान गरिएको हो भने  निवन्ध प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने बालमन्दिर माविकी छात्रा ममिता गोतामेलाई नगद ५ सय  सहित सम्मान गरिएको थियो ।  कार्यक्रममा धन्यवाद मन्तव्य शाखा उपसभापति नुरचन्द्र वाग्लेलेले गरेको कार्यक्रमको स्वागत  अर्का उपाध्यक्ष ऋषिराम पोख्रेलले गरेका गरेको कार्यक्रममा अधिवेशनमा प्रतिवेदन मन्त्री चिनु पोख्रेलले प्रस्तुत गरेकी थिइन भने शाखाका कोषाध्यक्ष हरिशरण पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी तनहुँ तनहुँ शाखामा १ सय ६८ सदस्य रहेका छन् ।
यसैबीच रेडक्रस तनहुँको सभापति प्रा.डा.कृष्णप्रसाद गौतम सर्व सम्मत चयन हुनु भएको छ । उपसभापतिमा नारायणी अधिकारी, कमलभक्त पोख्रेल, मन्त्रीमा सूर्यचन्द्र हड्खले, कोषाध्यक्षमा प्रतापसिंह अधिकारी, उपमन्त्रीमा केशव भट्टराई, उपकोषाध्यक्षमा हरि सिग्देल चयन हुनु भएको छ । सदस्यहरु चिनु पोख्रेल, केशमाया गुरुङ (केसु), सरस्वती थापा, मधुरा श्रेष्ठ, विवेक न्यौपाने, विमल गिरी, सुमन थापा, केशवराज पोख्रेल, कृष्णराज न्यौपाने, विपिन्द्रसेन ठकुरी रहनु भएको छ ।  निर्वाचन कमिटीले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।
Show More

Related Articles

Back to top button