समाचारकोरोनाभाइरसस्वास्थ्य

उकालो लाग्दै कोरोना संक्रमण दर

दमौली खबर संवाददाता
पछिल्लो २४ घण्टामा तनहँुमा एक सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका ९८ पुरुष र ७२ महिलामा कोरोना संक्रमण देखिएको छ । यो सँगै तनहँुमा संक्रिय कोरोना संक्रमितको संख्या ९ सय ७४ पुगेको छ ।

त्यस्तै यता कोरोना संक्रमणको कारण शुक्लागण्डकी नगरपालिका वडा नं ८ की ५३ वर्षीया महिलाको ज्यान गएको छ । उनको उपचारको क्रममा पोखराको जनप्रिय अस्पतालमा निधन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो सँगै तनहँुमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९ पुगेको छ ।

Show More

Related Articles

Back to top button