हेडलाईनसमाचार

मोहोरियाटार टोल विकास संस्थाको आफ्नै भवन

दमौली खबर संवाददाता
 दमौली, असोज २ । व्यास नगरपालिका–१ स्थित मोहोरियाटार टोल विकास संस्थाको ट्रान्स भवन बनेको छ । नव निर्मित भवनको  उद्घाटनका साथै वडा दशैं, शुभ दिपावली, इद, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । उहाँले पहिलो कार्यकालमा अधुरा कार्य पुरा गर्न स्थानीयवासीले दिएको अवसरलाई पुरा गर्न प्रतिवद्ध भएर लागेको बताउनुभयो । व्यास १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले स्थानीयको सहज रुपमा सेवा प्रवाहलाई प्राथमिकता दिएको उहाँको भनाई छ । वडावासीको सेवामा दत्तचित्त भएर लागेको वडाध्यक्ष हड्खलेले बताउनुभयो । टोलका अध्यक्ष श्रीकृष्ण पन्थको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाबुराम पन्थ, राधिका पन्थ, नवराज बसौला, मिनबहादुर बाली, सचिव लक्ष्मी विशुराल लगायतले सदरमुकाम नजिको ठाउँ भएर पनि विकासमा पछि परेकोले बत्तिमुनीको अध्यारो जस्तो भएको दुःखेसो गर्नु भएको थियो । सो अवसरमा टोलको सरसफाई गरी स्वच्छ वातावरण गर्न मद्धत पु¥याउने खड्कबहादुर भण्डारीलाई सम्मान गरिएको थियो ।
Show More

Related Articles

Back to top button