दमौली खबर संवाददाता
दमौली, २१ कात्तिक । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएको गोविन्दराज जोशी आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडामा मतदातासँग भोट मागिरहनु भएको छ । आफूले विगतमा गरेको कामको मूल्याङ्कन गरी मत दिन नेता जोशीले मतदातालाई आग्रह गर्नु भएको छ ।
‘मेरो राजनीतिक सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावलाई उचित मूल्याङ्कन गरी भोट दिन नेता आग्रह गर्दछु’ नेता जोशीले भन्नुभयो । सांसद हुँदा अवधिमा तनहुँमा शिक्षा, विद्युतिकरण, सडक, खानेपानी, पुल निर्माण टेलिफोन विस्तार देखि सञ्चारको विकास, पर्यटनको विस्तार कसरी भयो त्यो मूल्याङ्कन गर्न नेता जोशीले आग्रह गर्नुभयो ।
तनहुँ जिल्लामा मैले जे जति योगदान दिएको छु त्यसैले गर्दा मतदाताको अभुतपूर्व माया पाएको छु नेता जोशीले भन्नुभयो, जनताको म प्रतिको स्नेह र मायाले नै मलाई उम्मेदवार बन्न प्ररेणमा मिलेको छ’ ।
नेता जोशीको पालमा भानुमा स्थापना भएको सशस्त्र तालिम केन्द्र, दमौलीमा स्थापना भएको शिक्षक तालिम केन्द्र, भिमादको प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र, भानु जन्मस्थल विकास समिति, गाउँ गाउँमा विद्युत, खानेपानी, विद्यालय तथा मोटरबाटो लगायतका विकासको पूर्वाधारमा विकास गरी विकासको जग बसाएको मत दिन स्वतन्त्र अभियान्ता सुकुमलाल गुरुङले सो अवसमार आग्रह गर्नु भएको थियो ।

