सम्पादकीयAll

उज्ज्यालो तनहुँ बनाऔं

२१ औं शताब्दीमा पनि तनहुँ जिल्लामा अझै केही विकट क्षेत्रहरुमा विद्युत सेवा पुगेको छैन । घिरिङ गाउँपालिका केही भुगोलमा ढिलै भएपनि पुगेपनि अझै देवघाटका केही क्षेत्रमा अन्धकारमै बस्न बाध्य छन् । यसरी अन्धाकारमा बस्न बाध्य हुनु पर्ने अवस्थालाई तनहुँ हाइड्रोपावर लिमिटेडले मद्धत गरिरहेको छ । यस क्रममा बन्दिपुर गाउँपालिका–६ साराङघाट स्थित ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण गरेको छ । विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन मद्धत पुग्ने भएकोले उज्ज्यालो तनहुँ बनाउन सहयोगी हुने देखिन्छ । १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गको सो सबस्टेशन निर्माण पुरा गरिएको लिमिटेडले जनाएको छ । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना यो काम पुरा भएसँगै टुकी र सोलारको भरमा बस्ने तनहुँको देवघाट गाउँपाकिाका विकट क्षेत्रको बासिन्दाकोमा तुरुन्त विद्युतिकरण गरिनु पर्दछ ।

आँबुखैरेनी गाउँपालिकाको मार्किचोक स्थित मार्किचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ ।प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका– ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिने भएको छ । आयोजना अन्तर्गत कै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् । सराङघाटसबस्टेसनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति हुने छ, पौडेलले भन्नुभयो, यसबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाउने सपना बल्ल पुरा हुने अवस्था आएको छ । ग्रामिण विद्युतीकरण अन्र्तगतका सम्पूर्ण कार्यहरुचालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्ष भित्रै तनहुँलाई उज्ज्यालो बनाउने कार्यले सार्थकता पाउनु पर्दछ ।

Show More

Related Articles

Back to top button