हेडलाईनसमाचारAll

तनहुँ क्षेत्र नं. २ मा २ पूर्व वनमन्त्री बिच कडा प्रतिस्पर्धा

दमौली खबर संवाददाता
दमौली, कात्तिक २२ ,
    तनहुँ क्षेत्र नं. २ मा चर्चित दुई ठुला नेताहरुबीच प्रस्पिर्धा भएकोले चर्चा छ ।  पूर्व वनमन्त्रीहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ति दुई व्यक्ति बिच प्रतिस्पर्धा हुने भएको हो । पूर्व वनमन्त्रीहरु गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेदवारी दिएका किरण गुरुङ बिच मूख्य प्रतिस्पधा हुने देखिएको छ  । तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका भण्डारी र गुरुङ यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन । उनीहरु दुवै जनाले आ आफैले जित्ने दावी समेत गरेका छन ।
      २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका शंकर भण्डारी सोही क्षेत्रमा बाम गठबन्धनबाट उठेका एमालेका नेता केदार सिग्देलसँग पराजित हुनु भएको छ । त्यतिबेला उहाँ ३ हजार २ सय मतले पराजित हुनु भएको थियो  । सोही क्षेत्रको २ (२) बाट प्रदेश सभा सदस्यमा गुरुङ विजयी हुनु भएको थियो । उनले कांग्रेसका ध्रुव वाग्लेलाई १ हजार २ सय मतले पराजित गर्दै विजयी हुनु भएको थियोय  । यतिबेला परिस्थिति भने बदलिएको छ । त्यति बेला एमालेले माओवादीसँग गठबन्धन गरेको अवस्था थियो भने यतिबेला कांग्रेसले माओवादीसँग गठबन्धन गरेको अवस्था छ । दुवै पार्टीको मतलाई नियालेर हेर्दा कांग्रेसका शंकर भण्डारीको जित सुनिश्चित जस्तै देखिने उनी निकट कार्यकर्ताहरु बताउछन् । गठबन्धन भएकोले भण्डारीले फराकिलो मतान्तरले चुनाव जित्ने अनुमान गरिएको छ । सहजै लगाउन सकिन्छ । मतदाताहरुको अवस्था हेर्दा उनीहरु पुरानै उम्मेदवार भन्दा पनि परिवर्तनको पक्षधर रहेको धेरेको बुझाइ छ । नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर बहादुर अधिकारी भण्डारीले १० हजार भन्दा धेरै मतले विजयी हुने दाबी गर्नुहुन्छ । ‘विजेता बनेकोले जनताको काम गर्न नसकेकोले जीत सुनिश्चित भईसकेको छ विजयको माला लाउन मात्रै बाँकी छ’ अधिकारीले भन्नुभयो । उम्मेदवार भण्डारी यस अघिको निर्वाचनमा आफु भुगोलसँग नजिक हुन नसकेकोले पराजित हुनु परेकोले यसपटक यस क्षेत्रको माटो र जनतासँग नजिक सम्बन्ध भएकोल भारी मतान्तरले विजयी हुने बताउनुभयो ।
       नेकपा एमाले जिल्ला सदस्य हरिराज कँडले गुरुङले जित्ने दाबी गर्नुहुन्छ । ‘यो क्षेत्र पहिले देखिनै एमालेको पकट भएको क्षेत्र भएको जित्नेमा ढुक्क छौं’ कँडेले भन्नुभयो ।। सोही क्षेत्रमा गठबन्धनबाट प्रदेश सभा सदस्यमा २ (१) मा राजेन्द्रकेशरी न्यौपाने र २ (२) मा कांग्रेस तनहुँका सभापति जितप्रकाश आले उम्मेदवार छन् । यता नेकपा एमालेबाट २ (१) मा श्यामराजा महत र २ (२) मा २०७४ को प्रतिनिधि सभा सदस्यमा विजयी बनेका केदार सिग्देल प्रदेश सभा सदस्यका उम्मेदवार बनेका छन । ऋषिङ, घिरिङ, म्याग्दे गाउँपालिका तथा भिमाद र शुक्ला नगरपालिका तथा व्यास नगरपालिकाको ५ र ६ सो क्षेत्रमा पर्ने भएकाले दुवै पार्टीका ति उम्मेदवारहरु गाउँ, बस्ती, टोलमै पुगेर मतदाताहरुसँग मत मागिरहेका छन । दुवै पार्टीका कार्यकर्ताहरुले आ आफ्नै पार्टीले जित्ने दावी गरिरहे पनि त्यसको आधिकारिक नतिजा भने मंसिर ४ पछि नै थाहा हुनेछ । गठबन्धन भएकाले एमालेको किल्ला तोड्ने दाउमा सत्ता गठबन्धन रहेको छ ।
Show More

Related Articles

Back to top button