साहित्यAll

”’गजल ”’

गजल
योगेश नेपाल अनन्त

सुहाउँछ यी आँखामा आँशु दिए हुन्छ,
रमाइलोसँग तिमी जिन्दगी जिए हुन्छ।

हारिदिन्छु सधैं मलाई जित्नु छैन प्रेममा,
उत्सव मनाऊ उपहारमा मुटु लिए हुन्छ।

जाँदैछु खोला तरी फर्किन्न तिम्रो सामु!
बन्दिनॅ बाधक मनबाटै निस्किए हुन्छ।

मेरो सम्झनाले गलाएछ भने तिम्रो मुटु!
तड्पाइमा दिनरात सुरा सराब पिए हुन्छ।

जिन्दगी जिउने अधिकार सबै हुनु पर्छ,
म स्वीकार्छु तिम्रो निर्णय नतर्सिए हुन्छ।।

बुद्धशान्ती १ झापा

Show More

Related Articles

Check Also
Close
Back to top button