समाचारAll

देवघाटमा बाख्रा फार्ममा आगलागी, चार बाख्रा मरे

दमौली खबर संवाददाता

तनहुँ, फागुन ८

तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटी स्थित भट्टराई कृषि बाख्रा फार्ममा आइतबार आगलागी भएको छ । बुद्वि प्रसाद उपाध्याले सञ्चालन गरेको फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा चार वटा बाख्रा मरेको १८ वटा बाख्रा घाईते भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
जलेर मर्ने तथा घाईते भएका सबै बाख्रा गर्भिणी अवस्थाका रहेको उहाँले जानकारी दिनुभयो । प्रहरी तथा स्थानीय मानिसहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रनाउ खाँडले बताउनुभयो ।
क्षतिको मूल्याङ्कनको काम भईरहेको प्रहरीले जनाएको छ । हिउँदाको समयमा सुख्खा पराल, खर, घर, गोठहरुमा डढेलो तथा आगलागी प्रकोप जस्ता घटनाहरु बढी हुने हुँदा आम नागरिकहरुमा सजक,सतर्क र साबधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

Show More

Related Articles

Back to top button